


कपिलवस्तुमा गठबन्धन दलहरुले भागबण्डा टुङ्गो लगाउन कसरत जारी



कपिलवस्तु । स्थानीय तहको निर्वाचनका लागि कपिलवस्तुमा पाँच दलीय गठबन्धनभित्रका दलले भोलि मात्र सिटको भागबण्डालाई टुङ्गो लगाउने भएका छन् । कपिलवस्तुका १० पालिकामा गठबन्धनबाट को को उम्मेदवार हुने ? भन्ने बारे भोलि बस्ने बैठकले टुङ्गो लगाउने भएको हो ।
अहिलेसम्म भएको छलफल सकारात्मक दिशातर्फ उन्मुख रहेको र भोलि बस्ने वैठकले अन्तिम रुप दिने नेपाली कांग्रेस कपिलवस्तुका सभापति अब्दुल कलाम खाँ ले जानकारी दिए । पाँच दल सम्मिलित संयन्त्रका प्रमुख समेत रहेका उनले कांग्रेसलाई घाटा हुने गरि गठबन्धन नगरिने बताए ।
उनले जिल्लाका १० पालिकामा नै कांग्रेसको दाबी रहेको बताए । उनले भने, ‘जिल्लाका १० वटै पालिकामा कांग्रेसको दाबी छ । सहमति गर्नुपर्ने भएकाले केही घट्न सक्छ, तर ६ वटा त हामीले पहिले नि जितेको हो, ६ भन्दा कम हुदैन् ।’
कांग्रेसले यस अघिको स्थानीय तहको निर्वाचनमा जिल्लाका ६ पालिका जितको र अहिले पनि सो भन्दा कम नहुने र नेता कार्यकर्ताहरुले १० वटै पालिकामा दाबी गरेको उनले बताए ।
नेता कार्यकर्ताहरुले कांग्रेस एक्लै चुनावमा लड्नु पर्छ भन्ने आवाज पनि उठेकाले केही स्थानीय तहमा कांग्रेस एक्लै चुनावमा जाने उनको भनाई छ ।


खबर सबै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ






प्रतिक्रिया