

बाणगंगालाई पूर्ण कोभिड –१९ खोप प्राप्त पालिका घोषणा गरिदैँ



राजेन्द्र खनाल, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकालाई बैशाख ९ गते कोभिड बिरुद्धको पूर्ण खोप प्राप्त नगरको रुपमा घोषणा गरिने भएको छ । जसका लागि अहिले बाणगंगा नगरपालिकाको स्वास्थ्य शाखाले अध्ययनको कामलाई करिब अन्तिम चरणमा पु¥याएको नगर स्वास्थ्य शाखा प्रमूख ठगराज पोडेलले बताउनुभयो ।
बाणगंगामा १२ वर्ष माथिका सतप्रतिशत नागरिकले कोभिड १९ बिरुद्धको पूर्ण मात्रा खोप लगाएको नगर स्वास्थ्य शाखाले जनाएको छ । केही साता यता गाउँगाउँमा स्वास्थ्य स्वयमसेवीका र कर्मचारीको टोलीले सुचकहरु पुरा गर्न नागरिकहरुको घर घरमा तथ्याङ्क संकलन गरेको मोतिपुर स्वास्थ्य चौकी प्रमूख हिमलाल घिमिरले जानकारी दिनुभयो ।
अहिले कोभिड बिरुद्ध पूर्ण मात्रा खोप लगाएका नागरिकहरुको संख्या करिब ७६ हजार भन्दा बढी पुगेको नगरपालिकाले जनाएको छ । यता बैशाख ९ गते पूर्ण खोप प्राप्त नगर घोषणाका लागि तयारी भइरहेको स्वास्थ्य शाखा प्रमूख पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार वडाहरुमा स्वास्थ्य चौकीहरुले स्वास्थ्य स्वयमसेवीकाहरुसँग अभिमुखिकरण गरिरहेको र सोको तथ्याङ्क पूर्ण मात्रामा नगरमा आइसकेपछि नगरपालिकालाई पूर्ण खोप प्राप्त नगर घोषणा गर्ने तयारी नगरपालिकाको छ ।
मोतिपुर स्वास्थ्य चौकी प्रमूख हिमलाल घिमिरेका अनुसार वाणगंगाका दुई वडाहरु वडा नम्बर ७ र ८ का १५ जना महिला स्वासथ्य स्वयंसेविकाहरुलाई सोमबार अभिमुखिकरण गरिएको छ । सुआहाराको आर्थिक सहयोगमा स्वास्थ्य चौकीले आयोजना गरेको कार्यक्रम मार्फत उनीहरुलाई अभिमुखिकरण गरिएको घिमिरेले जानकारी दिनुभयो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया