

इलाका प्रहरी पिपरामा गुरुङको बिदाई, के.सीलाई स्वागत



भगवती न्यौपाने, कपिलवस्तु ।
ईलाका प्रहरी कार्यलय पिपराले एक कार्यक्रमका बीच स्वागत तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौबाट सरुवा भई आउनु भएका प्रहरी निरिक्षक दिपक बाबु के.सीलाई कार्यलय पिपरामा स्वागत र ईलाका प्रहरी कार्यलय पिपराका प्रमुख दिनेश गुरुङगलाई बिदाई कार्यक्रम सम्पन्न गरेको हो । स्वागत तथा विदाई हुनुहुने दुबै जनालाई अविर, खादा तथा मायाँको चिनो सहित स्वागत तथा विदाई गरेका थिए ।
कार्यक्रममा विदाई मन्तव्य राख्दै दिनेश गुरुङगले कपिलवस्तु जिल्लामा रहदा साथ सहगोग गर्ने बाणगंगा नगरवासी, नागरिक समाज, राजनौतिक दल, विभिन्न संघसंस्था, मिडिया स्थानिय बुद्धिजिवि, प्रहरी प्रशासन लगायत कर्मचारीबाट धेरै साथ सहयोग रहेको बताउनु भयो ।
प्रहरीले पाएको जिम्मेवारी समाजमा शन्ति सु व्यवस्था कायम गर्न, अपराधको रोकथाम गर्न र आन्तरिक सुरक्षा व्यवस्थालाई चुस्त तुल्याउनका लागि आफनो जिम्मेवारी सधै रहने बताउनु भयो । उहाँले आउदा दिनहरुमा पनि साथ र सहयोग गर्ने वचनवद्धता व्यक्त गर्दै आफूलाई कार्यलयले बिदाई गरेकोमा आभार समेत व्यक्त गर्नु भएको थियो ।
गुरुङगको कपिलवस्तु जिल्ला देखि विमान स्थल काठमाडौमा सरुवा भएको छ ।उहाँले १ वर्ष ५ महिना २५ दिन यस क्षेत्रमा रहेर काम गर्नु भएको थियो । कपिलवस्तु जिल्ला वाणगंगा नगरपालिकाका ११ वटा वडा र कपिलवस्तु नगरपालिकाका ९,१० र ११ वडा समेत हेदै आउनु भएको थियो । उक्त कार्यक्रमको सञ्चालन प्रहरी नायव निरिक्षक रामप्रसाद बेल्वासेले गर्नु भएको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया