

बाणगंगा ८ का सुत्केरी आमाहरुलाई मह र अण्डा वितरण



राजेन्द्र खनाल, कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ मा वडा भित्रका एक सय जना सुत्केरी आमाहरुलाई पोषण सामाग्री वितरण गरिएको छ । सोमबार मोतिपुर स्वास्थ्य चौकीमा आयोजित एक कार्यक्रमका बिचमा वडा नम्बर ८ को चालु आर्थिक वर्षको वार्षिक बजेटबाट अन्र्तगत वडा भित्रका ६ महिना भित्रका सुत्केरी आमाहरुलाई पोषण सामग्री वितरण गरिएको मोतिपुर स्वास्थ्य चौकी प्रमुख घिमिरेले जानकारी दिनुभयो ।
६ महिना भित्रका सुत्केरी आमाहरुलाई पोषणको मात्रा बढी आवश्यक पर्ने तथा आमा र बच्चाको स्वास्थ्यलाई सबल बनाउन मह र अण्डा वितरण गरिएको घिमिरेले बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य चौकी प्रमूख घिमिरे सहित वडा नम्बर ८ का वडा सचिव तेजराज अर्याल, स्वास्थ्य चौकीका कर्मचारी लगाएतको उपस्थितिमा सामाग्री वितरण गरिएको हो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया