

चीनको शङ्घाई सहरमा तीन जना कोरोना सङ्क्रमितको ज्यान गयो


एजेन्सी
कोरोना भाइरस फैलिएको चीनको शङ्घाई सहरमा लकडाउनपछि पहिलो पटक सङ्क्रमितको ज्यान गएको छ ।
शङ्घाईमा हिजो तीन जना कोरोना सङ्क्रमितको ज्यान गएको समाचार एजेन्सी एएफपीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । ज्यान गुमाउने तीन जनाको उमेर ८९ देखि ९१ वर्षसम्मको रहेको स्थानीय प्रशासनले जनाएको छ ।
स्थानीय प्रशासनका अनुसार उनीहरुमा कोरोना सङ्क्रमणसँगै अरु रोग पनि थियो । कोरोना सङ्क्रमण बढेपछि शङ्घाईमा यही अप्रिल महिनाको सुरुवातदेखि लकडाउनकाे घोषणा गरिएको थियो । यसअघि गएको मार्च महिनामा चीनको जिलिन प्रान्तमा कोरोनाका कारण दुई जनाको ज्यान गएको थियो ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया