

रुस-युक्रेन युद्धकाे ५२ दिन पूरा, १ करोड १० लाखभन्दा धेरै नागरिक विस्थापित



एजेन्सी
रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको आज ५२ दिन पूरा भएको छ । आक्रमणका कारण एक करोड १० लाखभन्दा धेरै नागरिक विस्थापित भएका छन् ।
हजारौँ नागरिक युद्धग्रस्त क्षेत्रमा फसेका बीबीसीले जनाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गएको फेब्रुअरी २४ मा युक्रेनमा ‘विशेष सैन्य कारबाही’को घोषणा गरेपछि आक्रमण सुरु भएको हो ।
युक्रेनको राजधानी किएभसहितका मुख्य सहरमा ठूलो क्षति पुगेको छ । युक्रेनको सेनाले कम्तीमा १९ हजार ६ सय रुसी सैनिकको ज्यान गएको दाबी गरेको छ । तर यो दाबीको पुष्टि हुन सकेको छैन । त्यस्तै, झन्डै १४ हजार युक्रेनी सैनिक मारिएको रुसी रक्षा मन्त्रालयले उल्लेख गरेको थियो ।
दुवै पक्षका सयौँ लडाकु विमान, हेलिकप्टर, ट्याङ्क, बख्तरबन्द गाडी ध्वस्त भएका छन् । यसैबीच, आज बिहानै किएभमा शक्तिशाली विस्फोटको आवाज सुनिएको समाचार संस्था रोयटर्सले जनाएको छ । युक्रेनको राजधानी किएभ र वरपरको क्षेत्रबाट जम्मा गरिएका नौ सय शव फोरेन्सिक विज्ञलाई हस्तान्तरण गरिएको छ।


खबर सबै
-
रसुवा बाढीका मृतकहरूको सम्झनामा कृष्णानगरमा दीप प्रज्वलन
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली कांग्रेसको एक करोड रुपैयाँ सहयोग प्रदान
-
एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’






प्रतिक्रिया