

दाङ उद्योग बाणिज्य ५२ औँ स्थापना दिवस भव्य रुपल मनाउदै

प्रकाश बेल्वासे,
दाङ जिल्ला उद्योग बाणिज्य संघको ५२ औ स्थापना दिवसको अवसरमा विभिन्न व्यवसायीहरु विच मैत्रिपुर्ण प्रतियोगीता हुने भएका छन् ।प्रतियोगीता शनिवारबाट सुरु हुने भएको छ । शनिवार विहान फुटवल प्रतियोगीता हुने फुटवल प्रतियोगीता उप समितीका संयोजक विकास वलीले जानकारी दिए । दाङ उद्योग वाणिज्य संघले आफ्नो ५२ औँ स्थापना भव्य रुपमा मनाउने तयारी गरेको संघले जनाएको छ ।
खेल विहान साढे ५ बजे वजे भरतपुर खेल मैदानमा हुने भएको छ । पहिलो खेल दाङ जिल्ला फोटोग्राफ एशोसियसन र मोवाइल व्यवसायी विच हुने भएको फुटवल प्रतियोगीता उप समितीका सदस्य माधव खनालले जानकारी दिए । त्यसैगरेर दोस्रो खेल शनिवार साँझ साढे ४ वजे रेडिमेट फेन्सी व्यवसायी र गल्ला किराना व्यवसायी विच हुने छ । प्रतियोगीतामा ६ वटा समुहको सहभागिता रहेको छ ।
यसैगरेर शनिवार विहान दौड प्रतियोगीता हुने दौड प्रतियोगीता आयोजना उप समितीका संयोजक विनोदप्रसाद पाण्डेले जानकारी दिए । व्यवसायीहरुलाई खेलको माध्यम बाट मनोरञ्जन, भेटघाट गराउने तथा आपसमा चिन जान गराउने उदेश्यले मैत्रिपुर्ण प्रतियोगीता आयोजना गरिएको संघका अध्यक्ष टंकसिंह वुढाथोकीे जानकारी दिए ।
कार्यक्रममा सहभागि हुनका लागि सम्पुर्ण व्यवसायीहरुलाई आग्रह गरिएको छ । संघको स्थापना दिवसको अवसरमा फुटवल प्रतियोगीता, दौड, कुसी दौड तथा हाजिरी जवाफ प्रतियोगीता आयोजना गरिएको प्रतियोगीता समितीका संयोजक रामप्रसाद पोख्रेलले जानकारी दिए ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया