छोटो समयमै चर्चामा गुराँस जंगल रिसोर्ट

उमेश बन्जाडे/ अर्घाखाँची

अर्घाखाँचीको शितगंगा नगरपालिका १२ डोहोटेको कुडुलेमा रहेको गुराँस जंगल रिसोर्ट छोटो समयमै चर्चा बटुल्न सफल भएको छ ।

करिब १५ करोड रकम बराबरको निर्माणाधीन रिसोर्ट एक सय रोपनी जग्गामा रहेको रिसोर्टका व्यवस्थापक गोपाल भट्टराईले इसाझाकुरालाई बताउनु भएको छ । उँहाका अनुसार प्रायः जसो गुल्मि, प्युठान, रुपन्देही ,कपिलवस्तु बाट दैनिकी रुपमा घुम्न आउने आन्तिरक ग्राहकको संख्या बढ्दै गएको बताउनु भएको छ ।

शान्त बाताबरण सुन्दर हरियालि भित्र रहेको रिसोर्टमा टिकटक बनाउन, फोटो खिच्नुको साथै घोडको समेत सबार रहेकाले घुम्न आउनेको सङ्ख्या बढ्दै गएको स्थानीयहरुको भनाई रहेको छ । अहिले रिसोर्टमा धेरैथरी जनावरका मुर्ति, कालिज फार्म, लोकल कुखुरा फार्म आदिको अबलोकन गर्न सकिन्छ ।

डोहोटेबाट करिब २ किलोमिटर भित्र रहेको रिसोटमा जिपलाईन, सुईमिङ्क पुल, कमफायर आदिको अझै काम भै रहेको व्यवस्थापकको भनाई रहेको छ ।

छोटो समयमै रिसोर्टले सब‌ैको ध्यान केन्द्रित गर्नुको साथै विभिन्न मनोरञ्जनका सामाग्रीको थप बेवास्ता गर्ने आकलन गरिएको छ ।

प्रतिक्रिया

खबर सबै