


एमाले नेता पन्थीको सामाजिक सञ्जालबाट टिप्पणी : भन्छन् अर्थमन्त्रीले तमासा देखाउँदै छन्



कपिलवस्तु । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेसँगै देशको अर्थतन्त्र र अर्थविदहरु ततेका छन् भने अर्थमन्त्री जनार्दन शर्माको चर्काे आलोचना भइरहेको छ । यस विषयमा नेकपा एमालेका पूर्व अर्थमन्त्रीहरुको सार्वजनिक धारणा समेत आइतबार बाहिर आएसँगै गभर्नर अधिकारीलाई हटाउने खेलमा अर्थमन्त्री र सरकार समेत सामेल भएका टिप्पणी सुरु भएका छन् ।
यहीबेला एमाले कपिलवस्तुका नेता तथा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले पनि आफ्नो धारणा सार्वजनिक गर्नुभएको छ । पन्थीले आफ्नो सामाजिक सञ्जालमा एक अनुच्छेदमा लेख्दै गभर्नरमाथी झुट्टा आरोपको षड्यन्त्र गरेर अर्थमन्त्रीले तमासा देखाउने काम गरेको आरोप लगाउनुभएको छ ।
उहाँले लेख्नुभएको छ, गवर्नर माथी झुट्टा आरोपको षड्यन्त्र गरेर अर्थ मन्त्री यो के तमासा देखाउदै छ्न ? मसान घाटमा “पिकनिक“ नगरौ सरकार । हाम्रो अर्थ ब्यबस्थाले इतिहासमै चरम संकट ब्यहोरेको यो अवस्थाको जिम्मेवार सरकार खासगरी अर्थमन्त्री हुन /हुनुपर्छ ।
मानव अंगमा स्वास प्रणालीको महत्त्व जस्तै राष्ट्रबैंक र गभर्नर राष्ट्रको स्वास प्रणाली रहेको उहाँको विचार व्यक्त छ । त्यस्तै सासंद पन्थीले हल्का भद्दा मजाक गरेर अर्थ मन्त्रीले आफ्नो हैसियत (योग्यता, क्षमता, नियत ) छर्लङ्ग पारको टिप्पणी समेत गर्नुभएको छ । प्रधानमन्त्रीले समेत अर्थमन्त्रीको संगतले केटाकेटी स्वभावको व्यवहार प्रस्तुत गरेको आरोप पनि लगाउनुभएको छ ।
त्यस्तै सासंद पन्थीले महाप्रसाद माथीको सरकारको ड्ण्डा पछाडीको रहस्य राष्ट्र डुबाउने काममा अर्थमन्त्री लागेको भन्दै तत्काल राजिनामा दिनुपर्ने दाबी समेत गर्नुभएको छ ।
हेर्नुहोस सासंद पन्थीको टिप्पणी जस्ताको तस्तै,


खबर सबै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ







प्रतिक्रिया