

साहरा सामुदायिक वन भलवाडको साधारणसभाबाट ११ जना जेष्ठ नागरिक सम्मानित



भलवाड ।
कपिलवस्तुको बाणगंगा ९ भलवाडमा रहेको साहरा सामुदायिक वनको २ं०औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा समूहका सचिव धना पौडेलले समूहको वार्षिक प्रगती प्रतिवेदन पेश गर्नुभएको थियो भने कोषाध्यक्ष रेखा खत्रीले आर्थिक वर्ष ०७७/७८ को कुल ३८ लाख ९८ हजार बराबरको आय—व्यय सार्वजनिक गर्नुभएको थियो ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता समूहले ७० वसन्त पार गरेका ११ जना जेष्ठ नागरीकलाई सम्मान समेत गरेको छ भने ३ जना विपन्न विधार्थीहरुलाई जनही ५ हजारका दरले छात्रवृत्ति प्रदान गरेको छ ।
कार्यक्रममा भलवाड स्वास्थ्य चौकीका प्रमुख जित बिकास रायमाझी, सब डिभिजन वन कार्यालय गोरुसिंगेका प्रमुख वसन्त थापा लगाएतले सम्बोधन गर्दै वनको संंरक्षण सम्वद्र्धन तथा वनको सदुपयोगमा जोड दिँदै चोरी तस्करीमा वन उपभोक्ता समूहले खबरदारी गर्नुपर्ने सुझाव दिनुभयो । अहिले गर्मीयामको समयमा वनमा हुने डढेलो नियन्त्रणमा सामुदायिक वनले विशेष शतर्क रहनु पर्ने उहाँहरुको भनाई थियो ।
कार्यकम समूहका अध्यक्ष नारायण बहादुर थापाको अध्यक्षता सहित सचिव धना पौडेलको संचालनमा भएको हो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया