

तीन घण्टामै खोलियो सरकारले लगाएको ताला



काठमाडौं, चैत २५ (नागरिक)- पशुपति क्षेत्र विकास कोषले नेपाल-भारत मैत्री पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द प्रालिमा ताला लगाएको छ। बतास समूहले सञ्चालन गर्दै आएको होटल आनन्दमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले ताला लगाएका हुन् । बतास समूहले शुक्रबार धर्मशालाको गेट नखोलेपछि कोषले गेटमै ताला लगाएको थियो । कोषका पदाधिकारीले गेटमा ताला लगाउँदा होटलका कर्मचारी र पाहुना होटलभित्रै थुनिएका थिए।
तर होटल व्यवस्थापन पक्षले व्यवसायमा असर पर्ने कुनै कार्य नगर्नु’ भन्ने अदालतको अन्तरकालीन आदेश रहेकाले कानुनअनुसार आए मात्रै बाटो खुला गर्ने अडान राखेको थियो। कोषका पदाधिकारीले आफूहरू तालाबन्दी गर्न नआएको र कोषको सम्पत्ति हेर्न आएको बताए पनि धर्मशालाका कर्मचारीले तालाबन्दी गर्ने अधिकार कोषका पदाधिकारीलाई नरहेको भन्दै गेट खोलेनन् ।
त्यसपछि कोषले गेटको बाहिरबाट पनि ताला लगाएर त्यहाँ सशस्त्र प्रहरी र कोषका सुरक्षाकर्मी खटाएर गेटमा सूचना टाँसेर हिँडेको थियो । पदाधिकारी हिँडेपछि होटल व्यवस्थापनले कोषले लगाएको ताला खोल्न खोजेपछि झडपको स्थितिसमेत देखिएको थियो। तर काठमाडौँ जिल्ला अदालतको अन्तरकालीन आदेशले ताला तीन घण्टामा नै खोलिएको थियो । आजको नागरिक दैनिकमा समाचार छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया