

विकास नगरी विरासत गरेको कांग्रेस पतन हुन्छ : बिमला घिमिरे



कपिलवस्तु । विकास नगरी विरासत गरेको काँग्रेस पार्टी अव कपिलवस्तुमा पतन हुने एमाले पोलिटव्युरो सदस्य विमला घिमिरेले बताउनु भएको छ । नेकपा एमाले बुद्धभूमि नगर निर्वाचन सम्पर्क कार्यालयको समुद्घाटन कार्यक्रममा बोल्दे नेता घिमिरेले काँग्रेसलाई जताबाट टेका लगाए पनि पराजय भोग्ने निश्चित रहेको बताउनु भयो ।
सम्बोधनका क्रममा गठवन्धनको सरकार बनेका दिन देखी देशमा विकासको कुनै काम नभएको बताउनु भयो । गठवन्धन सरकार रहीरहयो भने खाना पकाउने ग्यासको मुल्य २५ सय पुराउने दाबी गर्नु भयो । सरकार बने देखी सबै बढेको छ । घटने भनेको केही छैन । खानेतेल ३ सय नाध्यो, हरेक बस्तु आधा महंगो भएको छ । यो सरकार नभएर जनता लुट्ने लुटेरा भएको बताउनु भयो ।
कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सदस्य तथा कपिलवस्तु इन्चार्ज बलराम अधिकारीले पार्टीले कार्यकताको भावना समेट्ने गरी उम्मेदवार खडा गर्ने बताउनु भयो । पार्टीको काममा खटेका लगनशिल, कार्यकर्ता माझमा प्रिय नेता नै एमालेको उम्मेदवार हुने आश्वासन दिनु भयो ।
उद्घाटन कार्यक्रममा कपिलवस्तु क्षेत्र नम्बर २ का सांसद बृजेश कुमार गुप्ताले एमालेले गरेका कामको प्रचार गर्न कार्यकर्ताहरुलाई निर्देशन दिनु भयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री धरम बहादुरलाल श्रीवास्तव, खुम आचार्यले मन्तव्य दिनु भएको थियो । कार्यक्रम एमाले बुद्धभूमि अध्यक्ष देवि बेल्वासेको अध्यक्षता र सचिव धुव्र न्यौपानेको संचालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया