

जनताले चुनावमा दलका नेताहरुको समुह भन्दा सिँगो दललाई रोज्छन् : एमाले अध्यक्ष शर्मा



कपिलवस्तु ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कपिलवस्तुले जिल्लाका ९६ वडामा एकैपटक शुक्रबार पार्टी कार्यालय स्थापना गरेको छ । चुनावी माहोललाई आफ्नो पक्षमा पार्न एमाले कपिलवस्तुले यो रणनिति तय गरेको हो ।
एमाले जिल्ला अध्यक्ष डम्बर शर्माका अनुसार कपिलवस्तुमा वडागत राजनितिक गतिविधि सक्रिय बनाउन र जनताका बिचमा एमालेका एजेण्डाहरुलाई लैजान सहज होस भनेर पार्टी कार्यालय खोलिएको हो । यस पटकको स्थानीय तह निर्वाचनमा जनताले एमालेलाई जिताउनेमा कुनै शंका नरहेको पनि उहाँको दाबी छ । सत्तागठबन्धनका पाँच दलको चुनावी मोर्चाले आफुहरुलाई कुनै पनि असर नगर्ने पनि जिल्ला अध्यक्ष शर्माले बताउनुभयो । वडा वडामा पार्टी कार्यालय स्थापना गरेसँगै अब वडा र नगरमा उमेद्धारहरुको टुङ्गो समेत छिटै लगाउने उहाँको दाबी पनि छ ।
नेपाली जनताले चुनावमा दलका नेताहरुको समुह भन्दा सिँगो दललाई बुझ्ने शर्माको भनाई छ । अहिलेका सत्तारुढा पाँच दलहरुको समुहले एमालेलाई कुनैपनि असर नगर्ने पनि उहाँले दाबी गर्नुभयो । एमालेका बिरुद्ध पाँचपाँचवटा दल एकातिर उभिनु भनेको देशमा एमाले सबैभन्दा राम्रो पार्टी भएर हो, उहाँले भन्नुभयो, अहिले पनि देशको लार्जेष्ट पार्टी एमाले हो, चुनव पछि पनि हुन्छ ।
पार्टी भित्र उमेद्धारहरु टुङ्ग्याउने विषयमा अहिले छलफल भइरहेकाले केही दिनमा यसको निचोड निस्कने उहाँले जानकारी दिनुभयो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया