

बाणगंगामा विद्यालय उमेरका बालबालिकालाई टाइफाइड बिरुद्ध खोप दिइयो



राजेन्द्र खनाल, कपिलवस्तु ।
लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगउन सुरु गरिएको छ । स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीका अनुसार लुम्बिनीमा १३ लाख १३ हजार ९ सय ८९ लाई टाइफाइड विरुद्धको खोप लगाउले लक्ष्य छ । सोही लक्ष्य अनुसार आज दाङबाट प्रदेश स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको आयोजनामा देउखुरीको गोबरडिहामा टाइफाइड बिरुद्दको खोप अभियान स्वास्थ्य मन्त्री इन्द्रजित थारुले उद्घाटन गर्नुभएको छ ।
यता कपिलवस्तुको बाणगंगा नगरपालिकामा आज मोतिपुर स्वास्थ्य चौकीको आयोजनामा वडाका विभिन्न विद्यालयहरुमा अध्ययनरत १५ वर्षमुनिका बालवालिकाहरुलाई खोप प्रदान गरिएको छ । विशेष गरी १५ महिना देखि १५ वर्ष उमेर समुहका बालवालिकाहरुलाई दिइने सो खोप विद्यालय उमेरका बालवालिकाहरुलाई विद्यालयमै स्वास्थ्यकर्मीको टोली पुगेर दिएका छन् । बाणगंगा नगरपालिका वडा नम्बर ८ का करिब १७० बढी विद्यार्थीलाई आज खोप दिइएको मोतिपुर स्वास्थ्य चौकी प्रमूख हिमलाल घिमिरेले जानकारी दिनुभयो ।
चैत २८ सम्म संचालन हुने खोप अभियानमा सबै बालबालिकालाई खोप लगाएर सक्ने योजना रहेको उहाँले बताउनुभयो । बालबालिकाहरुलाई विद्यालयमै केन्द्र तोकेर खोप दिइएको छ । यस्तै विद्यालयमा खोप लगाउन छुटेकाहरुलाई चैत्र २९ गते टोल स्तरमा खोप कार्यक्रम संचालन हुने बताइएको छ ।
सरकारले १५ महिनादेखि १५ वर्ष उमेर समूहका सबै बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिँने अभियान सुरु गरेको हो । देशभरमा यो उमेर समूहका बालबालिकाको संख्या करिब ७५ लाख रहेको परिवार कल्याण महाशाखाले जनाएको छ । स्कुल स्कुलमा गएर खोप दिने योजना बनाइए अनुसार अहिले कपिलवस्तुका प्रया सबैजसो पालिकामा खोप अभियान संचालन भईरहेको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया