



बाणगंगाको वडागत प्रगति : ७ नम्बर अग्रस्थानमा हुँदा कमजोर स्थितिमा वडा नं. ९


कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा चालु आर्थिक वर्षको वडागत बजेट अन्र्तगत चैत्र २० सम्म ७ नम्बर वडाको कार्यप्रगति शिर्ष स्थानमा देखिएको छ ।
यस अघिका बर्षमा पनि विकासका योजनाहरु अन्य वडा भन्दा छिटो सम्पन्न गर्दै आएको बाणगंगा नगरपालिका ७ नंम्बर वडाले यस बर्ष पनि आफ्नो पहिचान अग्रस्थानमा कायम गर्न सफल देखिएको हो ।
चालु आर्थिक बर्ष २०७८/०७९ मा ७ नंम्बर वडाले छिटो छरितो योजनाहरु सञ्चालन, अनुगमन र फर्स्यौट (निकासा) गरी नगरपालिकामै रेकर्ड कायम गरेको छ । वडागत योजनाहरु अन्य वडामा भन्दा छिटो सकिनुमा वडा भित्रका टोलविकास संस्थाहरुसँगै अन्य जनप्रतिनिधि तथा नागरिकहरुको सक्रियता मुख्य कारण रहेको बाणगंगा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरीले बताउनुभयो ।
वडाका टोलविकास संस्थासँगै जनप्रतिनिधि सक्रिय नभएको भए काम सम्पन्न गर्न चुनौति हुने उहाँको भनाइ छ ।
बाणगंगा नगरपालिकाबाट प्राप्त तथ्यांक अनुसार २०७८ श्रावण १ देखि चैत्र २० गते सम्मको वडागत योजना फर्स्यौट (निकासा) को अवस्थालाई हेर्दा वडा नम्बर ७ ले ५८ वटा योजना सम्पन्न गरी ७१.५६ प्रतिशत रकम निकासा गरिसकेको छ । यस्तै वडा नम्बर २ दोस्रो स्थानमा देखिएको छ । २ नम्बर वडाले ४१ योजनामा ४७.४१ प्रतिशत योजना फस्र्याैट(निकासा) लिएको छ ।
बाणगंगामा अहिले सम्म सबैभन्दा कम योजना सम्पन्न गर्ने वडाहरुमा क्रमश : वडा नम्बर ९ र ६ रहेका छन् । यी वडाले वडागत बजेटको २० प्रतिशत काम समेत सम्पन्न गर्न नसकेको तथ्याङ्कले देखाएको छ । वडा नम्बर ९ नगरपालिकामै कमजोर स्थितिमा छ । ९ नम्बर वडामा चैत्र २० सम्म जम्मा १४ प्रतिशत योजना फस्र्याैट भएका छन् ।
स्थानीय तहका जनप्रतिनिधिहरुको पाँच वर्षे कार्यकाल सकिनै लागिरहेका बेला वडागत कार्यप्रगति बाणगंगामा अधिकाशं वडाको कमजोर देखिएको विश्लेषण जानकारहरुले गर्ने गरेका छन् । चालु आर्थिक वर्षको झण्डै दश महिना समय सकिन लाग्दा समेत वडा नम्बर ७ र २ बाहेक बाणगंगमा अन्य वडाको कार्य प्रगति सन्तोषजनक देखिएको छैन । जनप्रतिनिधिहरुको कार्यकाल सकिन लाग्दा समेत आफुले बनाएका वार्षिक योजना अधुरै छोड्ने ध्यानमा अधिकांश जनप्रतिनि रहेको प्रष्ट देखिएको छ ।
आगामी २०७९ बैशाख ११ र १२ गते अर्को अवधिको लागि उम्मेद्वारी दर्ता गर्ने र बैशाख ३० गते स्थानीय तहमा निर्वाचन हुने समय निर्वाचन आयोगले तोकेको छ । अब थप नयाँ योजनाहरु सम्झौता र सञ्चालनमा पनि आचार संहिताले तत्काल रोक लगाउदै छ । तसर्थ चालु आर्थिक बर्षको योजना सम्पन्न गर्न पछाडि परेका वडाहरुले कसरी शत प्रतिशत योजना सम्पन्न गर्लान् ? चासोको बिषय बनेको छ भने जनप्रतिनिधिहरुको कार्यकुशलतामा पनि प्रश्न चिन्ह खडा भएको छ ।


खबर सबै
-
मंसिरमा महोत्सवमय बन्दै कपिलवस्तु
-
बाणगंगा–१ को नवनिर्मित नयाँ प्रशासनिक वडा कार्यालय भवन उद्घाटन
-
१६ औं कपिलवस्तु महोत्सवमा यसपटक टिकटक भिडियो प्रतियोगिताः सिर्जनशीलता र सकारात्मक प्रचारलाई प्रोत्साहन गरिने
-
महिला एकता समाजकाे ७औं अधिवेशन सम्पन्न
-
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते हुने
-
लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि
-
महिला एकता समाजकाे ७औं अधिवेशन सम्पन्न
-
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते हुने
-
लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि
-
ईपीएस भाषा परीक्षा आजदेखि, पहिलो प्राथमिकता उत्पादन क्षेत्र
-
प्यूठानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ जना घाइते, तीन जनाको अवस्था गम्भीर
-
नयाँ राजनीतिक दल दर्ताको लागि समय थपियो, मंसिर ६ सम्म निवेदन दिन सकिने







प्रतिक्रिया