

दुई ठाउँमा निर्माणाधीन पुल भत्कियो



दुई बेग्लाबेग्लै स्थानमा निर्माणाधीन पुल भत्किएका छन् । कालीगण्डकी नदीमा निर्माणाधीन पक्की पुलको बिम खस्दा कामदार घाइते भएका छन् । साथै निर्माण कार्य अवरुद्ध भएको छ।
त्यस्तै सिन्धुली सदरमुकाम हुँदै बग्ने ग्वाङ खोलामा गए राति आएको बाढीले पक्की पुल ढलानका लागि तयार पारिएको संरचना बगाएको छ। स्याङ्जा समाचारदाता अर्जुन काफ्लेका अनुसार, क्रेनको सहायताले फलामे बिम उठाउने क्रममा बिमसहित कामदार भुइँमा खसेका थिए । सो घटनामा आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार, चापाकोट नगरपालिका ८ कालीगण्डकी नदीमा सो घटना भएको हो । सो पुलले दामाचौर र पाल्पाको रामपुरवासीलाई जोड्ने गरी निर्माण हुँदै गरेको हो । घटनामा बाराका २२ वर्षीय रामनिवास कुमार पटेल, बिहारका २५ वर्षीय धनन्जय ठाकुर गम्भीर घाइते भएका छन् । छाती र टाउकोमा गम्भीर चोट लागेका दुवै जनाको पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको जनाइएको छ। अन्य घाइतेमा रौतहटका प्रेम धन पटेल, हरिहरपुरका जितेन्द्र पटेल, भारतका सुजित कुमार यादव, रघुनाथ राव, अनुप कुमार राव र गोरखाका सिर्जन परियार रहेका छन् ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया