

७ अर्बको कार्यक्रम, ५१ हजारलाई रोजगारी



विवादका बीच प्रधानमन्त्री रोजगार कार्यक्रम (पीएमईपी) अन्तर्गत चालू आर्थिक वर्षको हालसम्म ७ अर्ब १३ करोड रुपैयाँ बराबरका रोजगारमूलक परियोजना सञ्चालन भएका छन् ।
सरकारले चालू आर्थिक वर्षका लागि रोजगारमूलक कार्यक्रम सञ्चालन गर्न १२ अर्ब रुपैयाँ विनियोजन गरेकोमा ७ अर्बमा १७ हजार १६३ परियोजना सञ्चालन गरेर ३१ लाख ६२ हजार कार्य दिनको रोजगारी सिर्जना गरिएको कार्यक्रमले जानकारी दिएको छ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका उपसचिव लोकनाथ भुसालले हाल देशभरका ६८३ स्थानीय तहले रोजगारमूलक कार्यक्रम सञ्चालन गरिरहेको बताए । उनले हालसम्म औषत १०० दिनको रोजगारी पाउने बेरोजगारको सङ्ख्या ५१ हजार रहेको जानकारी दिए । यस बाहेक हाल सञ्चालन भइरहेको रोजगारमूलक कार्यक्रममा सहभागीको सङ्ख्या भने बढी हुने मन्त्रालयले जनाएको छ।
सरकारले चालू आवमा २ लाख बेरोजगारलाई औसत १०० दिने रोजगारी दिने लक्ष्य राखेको भए पनि हालसम्म औसत १२ दिन रोजगारी दिएको देखिन्छ । हाल देशभर लाख ७० हजार २०० पुरुष र ३ लाख ३५ हजार ५५२ सहित ७ लाख ८ हजार ४५ बेरोजगारले रोजगारीको माग गर्दै बेरोजगार सूचीमा नाम दर्ता गराएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। आजको कारोबार दैनिकमा समाचार छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया