

उम्मेदवार छान्न वडास्तरमै सकस



सत्ता गठबन्धनका दलहरूलाई उम्मेदवार छान्न वडास्तरमै सकस भएको छ। आकाङ्क्षी धेरै हुँदा वडाध्यक्ष र सदस्यका उम्मेदवार छनोट गर्न गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) लाई सकस भएको हो। नेकपा एमालेले भने सबै ठाउँमा सर्वसम्मत उम्मेदवार बनाउने नीति लिएको छ।
‘केही ठाउँमा सर्वसम्मत चयन भएको छ भने धेरैजसोमा आकाङ्क्षी धेरै हुँदा वडा समितिले पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र हुँदै जिल्लामा नामावली पठाउनेछ,’ काँग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले भने, ‘जिल्लासम्म आउँदा उम्मेदवार टुंग्याउँछौं, प्रक्रिया सुरु भइसकेको छ। सदरमुकाम रहेको गोरखा नगरपालिका-६ मा काँग्रेसका तर्फबाट अध्यक्षमा उम्मेदवार दाबी गर्ने सातजना छन् भने एक दलित महिला, एक महिला र दुई खुला सदस्यका लागि १५ भन्दा बढी आकाङ्क्षी छन्। दुईभन्दा बढी उम्मेदवार अधिकांश वडामा छन्। सदरमुकामको वडा भएकाले पनि अन्य दलमा पनि सर्वसम्मत उम्मेदवार चयन गर्न मुस्किल भएको छ। ‘पालिकाले टुङ्ग्याउन नसके क्षेत्रीय समितिमा र त्यसले पनि टुंग्याउन नसके चैत २७ भित्र जिल्लामा आइपुग्नेछ,’ सभापति न्यौपानेले भने, ‘क्षेत्रसम्म नटुगिएको उम्मेदवार जिल्लाले टुंगो लगाउनेछ।’ सत्ता गठबन्धनमा रहेका दलहरूबीच तालमेल हुँदा सहजै जित हात पार्न सकिने दाउमा कतिपयले उम्मेदवारको दाबी छाडेका छैनन् । आजको नागरिक दैनिकमा समाचार छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया