स्थानीय तह चुनाव : कपिलवस्तुमा गठबन्धन दलहरु मिलेर जाने तयारी

ई साझाकुरा, कपिलवस्तु ।
सत्तारुढ गठबन्धनले कपिलवस्तुका सबै स्थानीय तहमा चुनावी तालमेल गरेर जाने गरी छलफललाई अगाडी बढाएको छ । सोमबार कपिलवस्तुको गोरुसिंगेमा बसेको गठबन्धन दलहरुका नेताहरु बीचको बैठकले जिल्लाका १० वटै पालिकामा गठबन्धन गरेर जाने विषयमा छलफल गरेको एक नेताले बताएका छन् ।

नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र शाहको संयोजकत्वमा बसेको कांग्रेस, जसपा, एकीकृत समाजवादी र जनमोर्चा सहितको वैठकले २५ गते सबै दलले सहमतिको खाका सहित पुनः वैठक बसेर निष्कर्षमा पुग्ने निर्णय गरेको छ । केहि स्थानीय तहमा समस्या भएपनि त्यसलाई विशेष पहल गरि मिलाउने गठबन्धन नेतारुहरुले बताएका छन् ।

वैठकमा नेपाली कांग्रेसका सभापति अब्दुल कलाम मुसलमान, जसपा अध्यक्ष शैलेन्द्र कुमार यादव, नेकपा एकीकृत समाजवादीका अध्यक्ष लंक बहादुर हमाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष दधिराम आचार्यले जुनसुकै अवस्थामा गठबन्धनलाई थप मजबुत बनाएर लैजाने र वडा तह सम्मै मिलाउने निति तय गर्नुपर्नेमा जोड दिए ।

यसै गरि गठबन्धनको वैठकमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य कमल चुदाँली, इसरार अहमद खाँ, केन्द्रिय सल्लाहकार रामलौटन तिवारी, रुद्रलाल बन्जाडे, नेपाली कांग्रेसका नेता तथा सांसद अतहर कमाल, बुद्धभूमी नगरपालिकाका मेयर केशव श्रेष्ठ, जसपा नेता नारायण खनाल, अब्दुल रसिद खाँँन, एकीकृत समाजवादीका क्षेत्र बहादुर खत्री लगायतका नेतृत्वहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

खबर सबै