

बतास समूहद्वारा पत्र बुझ्नसमेत अस्वीकार



तिलगङ्गास्थित नेपाल-भारतमैत्री पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द हटाउन बतास समूहले अस्वीकार गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषमार्फत होटल आनन्द हटाइ धर्मशाला खाली गरिदिन बिहीबार नै पत्राचार गरेको हो।
तर बतास समूहले पत्र बुझ्नसमेत अस्वीकार गरेको कोषका सदस्य सचिव डा. मीलनकुमार थापाले बताए । मन्त्रालयको निर्देशनपछि धर्मशाला खाली गर्न पत्राचार गर्दा बुझन मान्नुभएन उनले भने । शुक्रबार र शनिबार सार्वजनिक बिदा परेकाले थप निर्णयका लागि आइतबार कुर्नु परेको भनाइ उनको छ । होटल आनन्द कोषले तोकेको मापदण्ड र सम्झौताविपरीत भएकाले हटाउनुपरेको दाबी मन्त्रालयको छ । यसअघि पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा धर्मशाला भाडा सम्झौताका सम्बन्धमा गठित छानबिन समितिले होटल आनन्दसँगको सम्झौता खारेजीको सुझाव दिएको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया