


प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम गृह मन्त्री खाणले सम्हाल्ने



काठमाण्डाै
प्रधानमन्त्री शेरबहादुर देउवा भारतकाे औपचारिक भ्रमणका लागि आज शुक्रवार दिउँसाे नयाँ दिल्ली प्रस्थान गर्नुभएकाे छ । देउवा नयाँ दिल्ली प्रस्थान गरेसँगै उहाँले गर्ने दैनिक प्रशासनिक काम गृह मन्त्री बालकृष्ण खाणले गर्नुहुने भएकाे छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले देउवाकाे अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम गृह मन्त्री खाणले सम्हाल्ने गरी तोक्नुभएको हाे ।
नेपालको संविधानअनुसार प्रधानमन्त्री देउवाको सिफारिसमा प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम सम्हाल्ने गरी मन्त्री खाणलाई राष्ट्रपति भण्डारीले तोक्नुभएको राष्ट्रपति कार्यालयले निकालेकाे विज्ञप्तिमा उल्लेख छ ।


खबर सबै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ






प्रतिक्रिया