

एक लाख ३४ हजार सेना भर्ती गर्दै रुस



एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार रुसको वार्षिक कार्यक्रमअनुसार नै १ लाख ३४ हजार ५ सय नयाँ सैनिक भर्ती गर्ने आदेश पत्रमा हस्ताक्षर गरेका छन् । तर रुसी रक्षा मन्त्रालयले नयाँ सैनिक भर्तीको युक्रेन युद्धसँग कुनै सरोकार नरहेको जनाएको छ ।
रुसले युक्रेनमा गरेको आक्रमण पाँच सातामा प्रवेश गर्न लाग्दा यस्तो आदेश पत्रमा हस्ताक्षर भएको हो । साथै अहिले युक्रेनी फौजले रुसी आक्रमणका सशक्त ढंगले प्रतिकार गरिरहेको अवस्था छ ।
रुसी रक्षामन्त्री सर्गेई सोइगुले मंगलबार यसरी नयाँ भर्ति गरिएको सैनिकलाई कुनै पनि युद्धग्रस्त क्षेत्रमा नपठाइने बताएका थिए । तर युद्ध चलिरहेका बेला यसरी सैनिक भर्तीको विषय अघि आउनुलाई उच्च संवेदनशील नै मानिएको छ ।
यसअघि ९ मार्चमा रक्षा मन्त्रालयले केही नयाँ सेनालाई युक्रेनमा पठाइएको जनाएको थियो । पुटिनले भने सो कुरालाई पटक-पटक अस्वीकार गर्दै व्यावसायिक तथा अनुभव प्राप्त सेना र अधिकारीहरूलाई मात्र युद्धमा परिचालन गरिएको स्पष्ट पारेका थिए ।
सोइगुले मन्त्रालयको आफ्नो वेबसाइटमा भनेका छन्, ‘अधिकांश नयाँ भर्तीमा आउने सेनालाई तालिम केन्द्रहरूमा तीनदेखि पाँच महिनासम्म व्यावसायिक तालिम दिइने छ । तर म के कुरामा जोड दिन्छु भने उनीहरूलाई कुनै युद्धभुमिा खटाइने छैनन् ।’ रोयटर्सबाट


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया