
लगातार माल्वेर आक्रमणमा परेपछि चर्चित नेपाली ब्लग माइसन्सार ‘डाउन’

काठमाडौं
चर्चित नेपाली ब्लग माइसन्सार डटकम माल्वेर आक्रमणको शिकार बनेको छ । लगातार रुपमा माल्वेर आक्रमण जारी रहेपछि ‘मेन्टिनेन्स’का लागि भन्दै अहिले अहिले वेबसाइट नै ‘डाउन’ (बन्द) गरिएको छ ।
वर्डप्रेसमा राखिएको माइसन्सारमाथि पछिल्ला केही दिनयता लगातार माल्वेर आक्रमण भइरहेको थियो । माइसन्सारको लिङ्क तथा वेबसाइट खोल्दा रिडाइरेक्ट भएर अर्कै फिशिङ साइटमा पुग्ने गरेको थियो ।
जसमा आईफोन लगायतका उपहार हात परेको भन्दै बधाई सन्देश देखाएर प्रयोगकर्तालाई झुक्किने अवस्था रहेपछि अहिले वेबसाइट नै डाउन गरिएको छ । तर कति प्रयोगकर्ता यसबाट प्रभावित भए भन्ने कुनै यकिन जानकारी भने छैन ।
अनावश्यक थिम तथा प्लगईन राख्दा यस किसिमको माल्वेयर आक्रमण भएको हुनसक्ने वर्डप्रेसका जानकार टुरुप सङ्ग्रौला बताउँछन् ।
‘यस्तो बेला वर्डप्रेसको लगईन परिवर्तन गर्नु र त्यसमा राखिएका अनावश्यक थिम तथा प्लगईन हटाउनुपर्ने हुन्छ,’ उनी भन्छन्, ‘यस बाहेक होस्ट गरिएको सर्भरलाई समेत सुरक्षित राख्नुपर्ने हुन्छ ।’
उनका अनुसार विशेषगरी जथाभावी प्लगईन राख्दा त्यससँगै माल्वेर आक्रमण हुनसक्छ । ‘यस किसिमको माल्वेर आक्रमणबाट जोगिन अप्रमाणित किसिमका प्लगईन तथा थिम प्रयोग गर्नु हुँदैन,’ सङ्ग्रौला भन्छन् ।
माई सन्सारका सञ्चालक उमेश श्रेष्ठ ‘सालोक्य’ले ट्वीट गर्दै समस्या समाधान गर्ने प्रयास भइरहेको बताएका छन् ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया