

जनक शिक्षामा सेना पस्यो



स्थानीय निर्वाचनमा मतपत्र छपाइ शुरू गर्न नेपाली सेनाको प्रमुख सेनानीको नेतृत्वमा करिब ३५ जनाको टोली जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा प्रवेश गरेको छ। निर्वाचन आयोगले हिजो बुधबारबाट मतपत्र छपाई शुरू गरेसँगै मतपत्र छपाइ गर्ने क्रममा भित्री सुरक्षाको जिम्मा पाएको नेपाली सेना केन्द्रको प्रेसको सुरक्षार्थ तैनाथ भएका हुन्।
केन्द्रका एक कर्मचारीले दिएको जानकारीअनुसार हिजो दिउँसोबाट नेपाली सेनाको टोली जनक शिक्षा प्रवेश गरेको हो। उनका अनुसार सो टोली मतपत्र छाप्ने काम नसकेसम्म प्रेसमै बस्नेछन्।
नेपाली सेनासँगै दोस्रो घेराको जिम्मा पाएका सशस्त्र प्रहरी र तेस्रो घेराको जिम्मा पाएको नेपाल प्रहरीको टोलीसमेत प्रेसमा जाने भएका छन्। एसईईको प्रश्नपत्र छपाइ सकेलगत्तै चिकित्सा शिक्षा आयोगको प्रश्नपत्र छपाइ भइरहेको जनक शिक्षा सामग्री केन्द्रमा अब मतपत्र र नियमित रूपमा पाठ्यपुस्तकको छपाइ हुनेछ। यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया