

४४ महिनामा काठमाडौंमा दुर्घटनामा परी ५ सय ६८ जनाको मृत्यु



बितेको ४४ महिनामा काठमाडौं उपत्यकाका तीन जिल्लामा सवारी दुर्घटनामा परी ५ सय ६८ जनाको ज्यान गएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौं, भक्तपुर र ललितपुरमा गरी विगत ४४ महिनामा सवारी दुर्घटनामा परेर ५ सय ६८ जनाको ज्यान गएको जनाएको हो ।
तथ्यांकअनुसार आर्थिक वर्ष २०७५-७६ मा सवारी दुर्घटनामा परी काठमाडौंमा मात्रै १ सय ३१ जनाको ज्यान गएको थियो । सो वर्ष काठमाडौंमा ६० जना दुर्घटनामा परी अंगभंग भएको थियो । यसैगरी, आर्थिक वर्ष २०७६/७७ मा काठमाडौंमा ८१ जनाको मृत्यु तथा ६५ जना अंगभंग भएका थिए ।
आर्थिक वर्ष २०७७/७८ मा काठमाडौंमा ७६ जनाको मृत्यु तथा ३६ जना अंगभंग भएको रेकर्डले देखाएको छ । चालू आर्थिक वर्ष २०७८/७९ को फागुन मसान्तसम्म काठमाडौंमा ६८ जनाको मृत्यु तथा ३४ जना अंगभंग भएको प्रहरीको रेकर्ड छ । आजको राजधानी दैनिकमा समाचार छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया