


गठबन्धन १/१ किलाेकाे ढक, एमाले क्विन्टलकाे ढक : ओली



भक्तपुर
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीसँग एक्लै चुनावमा लड्ने आँट नेपालमा कुनै पनि पार्टीको नरहेको दाेहाेर्याउनुभएकाे छ । अध्यक्ष ओलीले एमालेसँग एक्लै लड्न नसक्ने बुझेपछि सत्तारुढ दलहरू चुनावी गठबन्धन गर्न बाध्य भएको दाबी पनि गर्नुभयो ।
पार्टीका नेता एवम् व्यवसायी दुर्गा प्रसाईँले भक्तपुरको सूर्यविनायकमा सञ्चालनमा ल्याउनुभएको सूर्य विनायक हरित कृषि तथा थोक बजारको आज बुधवार उद्घाटन गर्दै उहाँले याे गठबन्धनले चुनावमा अप्ठेराे पार्छ कि भनेर नसोच्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘साथीहरूले बुझ्नु भएको छ । बुझेर नै एमाले प्रवेश गरिरहनुभएको छ । यसले देखाउँछ–नेकपा एमाले कुन ठाउँमा छ ? भन्ने । कतिपय साथीहरूलाई लाग्न सक्छ– गठबन्धन गरेका छन्, अप्ठ्यारो पर्छ कि भन्ने । मैले भन्ने गरेको छु– यदि एउटा तराजुमा एक/एक किलोको पाँच वटा ढक एकातिर राख्नुभयाे अनि क्विन्टलको ढक एकातिर राख्नु भयाे भने के हुन्छ ? नेकपा एमाले क्विन्टलको ढकजस्तो हो । पाँच वटा गठबन्धन भनेको एक/एक किलाेको ढक जस्तो हो । त्यो पाँच वटा गठबन्धनले के गर्छ ? एक्लै एमालेसँग लड्न आउन नेपालमा कुनै पनि पार्टीले नचिताए हुन्छ । त्यस कारण गठबन्धन गर्न जरुरी छ ।’
अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनलाई लाेभ भएकाे समूहहरूकाे संज्ञा दिँदै सत्ता टिकाएर लैजान गाह्रो हुने बताउनुभयो । त्यही भएर उनीहरूले स्थानीय तह चुनावमा उम्मेदवारी मनाेनयनमा दुई दिन दिन निर्वाचन आयोगलाई बाध्य गराएको उहाँले दाबी गर्नुभयाे ।
कार्यक्रममा अध्यक्ष ओलीले एमाले प्रवेश गरेका युवाहरूलाई विगतमा दुरुपयोग गरिएको तर आफ्नो पार्टीले सदुपयोग गरेर राष्ट्र निर्माणको अभियानमा संलग्न गराउने बताउनुभयो ।


खबर सबै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ






प्रतिक्रिया