

प्रधानमन्त्रीको भारत भ्रमण : परराष्ट्र मन्त्रालयमा समन्वयको अभाव



प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमण तीन दिन बाँकी रहँदासम्म भ्रमणको एजेन्डा र भ्रमण दलका सदस्यबारे परराष्ट्र मन्त्रालयले अनभिज्ञता प्रकट गरेको छ । परराष्ट्र मन्त्रालयले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भ्रमणको एजेन्डा र भ्रमण दलका सदस्यबारे छलफल जारी नै रहेकाले अहिले भन्न सक्ने अवस्था नरहेको बताइन् ।
पत्रकार सम्मेलनमा उनले मन्त्रालयले सोमबार जारी गरेको भ्रमण कार्यक्रम तालिकाभन्दा बढी बताइनन् । भारत भ्रमणको एजेन्डा वा सम्भावित एजेन्डाबारे पत्रकारले पटकपटक सोधेपछि आजित भएर प्रवक्ता लम्सालले भनिन्– ‘कृपया यस्तो प्रश्न नसोधेर सहयोग गरिदिनुहोला ।’ त्यस्तै भ्रमण दलको संख्याका विषयमा सोधिएको जिज्ञासामा पनि उहाँले अनभिज्ञता प्रकट गरेकी थिइन् ।
आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया