

अर्थतन्त्रको अवस्थाप्रति प्रधानमन्त्री देउवाको गम्भीर चासो



प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको पछिल्लो आर्थिक अवस्थाप्रति गम्भीर चासो देखाउँदै थप खस्कन नदिन र सबल बनाउनेमा संवेदनशील बन्न सरोकारवालालाई आग्रह गरेका छन् । राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई मङ्गलबार सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री देउवाले बढ्दो मूल्य वृद्धि, चुलिँदो व्यापार घाटा, खस्कँदो विदेशी मुद्रा सञ्चितीको अवस्थाप्रति चनाखो बन्न सरोकारवालालाई निर्देशन दिए ।
प्रत्येक चार महिनामा बस्नुपर्ने समाधान समितिको यो बैठक देउवा प्रधानमन्त्री भएपछि पहिलो पटक बसेको हो । बैठकमा राष्ट्रिय योजना आयोगका पदाधिकारी, मन्त्री, प्रदेश मुख्य मन्त्रीहरू, विभिन्न मन्त्रालयका सचिवहरू, जिल्ला समन्वय समिति तथा गाउँपालिका राष्ट्रिय महासङ्घका पदाधिकारीसमेत सहभागी थिए । राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुँयालका अनुसार, प्रधानमन्त्री देउवाले अर्थतन्त्रको संवर्द्धन र विकासको प्रवद्र्धनमा सावधानी अपनाउन आग्रह गरे ।
“व्यापार घाटा न्यून गर्न, वैदेशिक मुद्रा सञ्चिति बढाउनका लागि आयात प्रतिस्थापनका उपाय अपनाउन सबैले ध्यान दिनुस् ।” बैठकमा प्रधानमन्त्री देउवाले भने, “पेट्रोलियम पदार्थको खपत घटाउन विद्युत् खपत बढाउने नीतिलाई कार्यान्वयन गर्ने कुरालाई अझै प्राथमिकता दिनुपर्छ ।” बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पनि आयात प्रतिस्थापनका लागि सक्दो पहल भइरहेको जानकारी गराए । फुुँयालका अनुसार, बैठकमा राष्ट्रिय गौरवका आयोजनाको प्रगति विवरण पनि विश्लेषण गरिएको थियो ।
यो समाचार गोरखापत्र दैनिकमा छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया