

उत्कृष्ट कामको छ फेसबुकको गोप्य फिचर, यसरी गर्नुहोस् प्रयोग




फेसबुकको मेसेन्जरमा कयौं राम्रा फिचरहरु पाइन्छ । यस्तै एक फिचर गोप्य वार्तालाप हो । यो फिचरको माध्यमबाट गोप्य च्याट गर्न सकिन्छ र अन्य कसैले पनि तपाईको मेसेज पढ्न पाउने छैनन् ।
सोसल मिडिया प्लेटफर्म आज धेरै मानिसको दैनिक जीवनको हिस्सा बनिसकेको छ । मानिस कयौं सोसल मिडिया एप्सको प्रयोग अर्को व्यक्तिसँग संचार गर्नका लागि गर्छन् । यी सवैमा मेटाको फेसबुक र यसको मेसेजिङ एप मेसेन्जर ब्यापक लोकप्रिय छ । यी एप्समा तपाईलाई कयौ फिचर्स प्राप्त हुन्छ । जसको जानकारी सबै मानिसलाई थाहा छैन । यस्तै एक फिचर हो फेसबुक मेसेन्जरको सेक्रेट कनभर्सेसन । आउनुहोस जानौ विस्तृतमा ।
के हो फेसबुकको सेक्रेट कन्भर्सेशन फिचर ?
फेसबुकको सेक्रेट कन्भर्सेशन एन्ड–टुु–एन्ड इनक्रिप्टेड हुन्छ । यो फिचरको प्रयोग गरेर युजर्सले कोही अरुले मेजेस पढ्ने चिन्ता छोडेर च्याट गर्न सक्छन् । सजिलो शब्दमा भन्नुपर्दा यो एक एन्ड–टु–एन्ड इन्क्रिप्टेड हुन्छ । यसैले तपाईले पठाएको मेसेज कोही अन्यको बीचमा पढ्न सक्दैन । यहाँसम्मकी फेसबुकले समेत मेसेज पढ्न सक्दैन । यसका अलावा सेक्रेट कन्भर्सेसनमा तपाइको हराएको मेसेजको फिचर पनि आउछ । यसको सहयोगबाट तपाई एक निश्चित समयसम्म मेसेज पठाउन सक्नु हुने छ ।
निश्चित समयपछि यो मेसेज आफसेआफ डिलिट हुन्छ । यसका साथै प्लेटफर्ममा नयाँ फिचर पनि थपिन्छ । यसले यदि कोही दोस्रो प्रयोगकर्ताका स्क्रिन लिन्छ भने तपाईलाई यसको नोटिफिकेशन आउछ । ध्यान दिनुसकी सेक्रेट कन्भर्सेशनको फिचर केवल मेसेन्जर मोबाइल एपमा प्राप्त हुन्छ । यसको फाइदा वेब भर्सनमा प्राप्त हुँदैन ।
मेसेन्जरमा कसरी हुन्छ सेक्रेट वार्तालाप
सबैभन्दा पहिले तपाईलाई आफ्नो स्मार्टफोनमा मेसेन्जर एप खोल्नु पर्छ । यसपछि तपाईले कम्पोज बटनमा क्लिक गर्नुपर्छ । जुन मेसेन्जरमा दायाँ वा टपमा हुनेगर्छ । जसरी तपाई यहाँ आउनु हुन्छ, तपाईलाई एक टोगल बटम देखिन्छ । यसलाई तपाईले अन गर्नुपर्छ । यो बटन अन गर्ने बित्तिकै तपाईले कुनै व्यक्तिलाई छान्नु पर्नेछ, जसलाई तपाई मेसेज गर्न चाहनु हुन्छ । तपाईले उक्त व्यक्तिको नाममा क्लिक गर्नुपर्छ, जोसँग गोप्य वार्तालाप गर्न चाहनु हुन्छ । यस किसिमले तपाई दुईबीच फेसबुक मेसेन्जरमा गोप्य वार्तालाप सुरु हुन्छ ।


खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै











प्रतिक्रिया