

सरकारको निरन्तरताका लागि तालमेल



काँग्रेस केन्द्रीय समिति बैठक स्थानीय निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा केन्द्रित रही छलफल भइरहेको छ। ‘घरघर जाऔँ काँग्रेस जिताऔँ’ अभियानको प्रारम्भिक समीक्षा र केन्द्रीय संसदीय समिति गठन गर्ने प्रमुख एजेन्डा लिएर शुक्रबारदेखि बैठक बत्ती छलफल चलिरहेको छ।
बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले स्थानीय निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा केन्द्रित भएर आफ्नो विचार राखिरहेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए। सबैको धारणा आइसकेपछि एउटा निर्णयमा पुग्ने भन्दै प्रवक्ता महतले अन्य दलसँग गठबन्धन गरेर चुनावमा गए पनि कांग्रेस एक्लै प्रतिस्पर्धा गरे पनि धेरैभन्दा धेरै पालिका र वडामा अध्यक्ष जित्ने गरी केन्द्रीय सदस्यहरूको धारणा आइरहेको बताए।
बैठकमा कतिपय केन्द्रीय सदस्यहरूले स्थानीय निर्वाचनमा गठबन्धन र तालमेल सरकारको निरन्तरतासँग पनि जोडेका छन्। केन्द्रीय सदस्य पुष्पा भुसाल, जीवनबहादुर शाहीलगायतले अहिले गठबन्धनको सरकार भएको भन्दै यो सरकारको निरन्तरताका लागि पनि निर्वाचनमा सत्ताघटक दलहरूबीच गठबन्धन गर्नुपर्ने धारणा राखेका थिए। आगामी निर्वाचनमा हुने गठबन्धनलाई सरकारको निरन्तरताको विषयसँग गाँसेर हेर्नुपर्ने धारणा आए पनि धेरैजसो केन्द्रीय सदस्यले आवश्यकताको आधारमा स्थानीय संरचनाले नै गठबन्धनबारे निर्णय लिनुपर्ने धारणा राखेका छन्।
आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया