

काठमाडौं-मुम्बई उडान पुनः सुरु



नेपाल वायुसेवा निगमले काठमाडौं-मुम्बई उडान पुनः सुरु गरेको छ । करिब दुई वर्षदेखि कोभिड-१९का कारण रोकिएको उडान आइतबारबाट सुरु भएको हो।
साताको तीन उडान गर्ने गरी निगमले उडान सुरु गरेको छ । आइतबार नै भारत सरकारले कोभिड-१९ पछि अन्तर्राष्ट्रिय उडानमा लगाउँदै आएको प्रतिबन्ध समेत हटाएको छ । कोभिड-१९ पछि नेपाल-भारतबीच एयर बबल सम्झौता
अनुसार उडान तथा अवतरण हुँदै आएको थियो । भारत सरकारले करिब २ वर्षपछि व्यावसायिक अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध खुला गरेको हो । योसँगै नेपाल भारतबीच रहेको एयर बबल सम्झौता खारेज भएको छ। आजको कारोबार दैनिकमा समाचार छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया