

६ वर्षमा ११ प्रहरीको हत्या, १४ सय १० जना घाइते



गत ६ चैतमा मोरङको लेटाङमा सर्वसाधारणले आक्रमण गर्दा प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गयो। १ साउन २०७६ देखि प्रहरी सेवामा प्रवेश गरेकी श्रेष्ठ जसको सुरक्षाका लागि फिल्डमा खटिइन्, तिनै व्यक्तिको निशानामा परिन्। लेटाङ घटनाको १७ महिनाअघि पनि स्थानीयको आक्रमणबाट कैलालीको बिसुगार्ड गेटामा १ जना प्रहरीको मृत्यु भयो।
२०७७ कात्तिकमा कैलालीको जुगडामा स्थानीयले धारिलो हतियार प्रयोग गरी प्रहरी जवान रामबहादुर साउदको हत्या गरे । श्रेष्ठ र साउद मात्र होइन, जनताको शान्ति सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी जनताबाटै असुरक्षित हुने क्रम बढ्दै गएको छ। प्रहरीको तथ्याङ्कअनुसार बितेका ६ वर्षमा मात्र ११ जना सुरक्षाकर्मीले सर्वसाधारणको आक्रमणबाट ज्यान गुमाए ।
२०७२ सालदेखि २०७८ चैत पहिलो सातासम्ममा ११ जना प्रहरीको हत्या भएको प्रहरी मुख्यालयको रेकर्डमा उल्लेख छ । सेवा दिने क्रममा विभिन्न आन्दोलनमा जनताबाटै भएको आक्रमणमा परी प्रहरीले ज्यान गुमाइरहनुपरेको प्रहरी मुख्यालयको भनाइ छ । यो समाचार द नेपालपट दैनिकमा छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया