

मेयर प्रत्याशी कुनाल प्रताप शाह १४ गते नेकपा (एमाले) मा प्रवेश गर्दै



कपिलवस्तु
कपिलवस्तु जिल्लाको कृष्णनगरम नगरपालिका वडा नं २ का युवा नेता कुनाल प्रताप शाह चैत्र १४ गते नेकपा (एमाले) मा औपचारिक रूपमा राष्ट्रीय अध्यक्ष के.पि. शर्मा ओलीको हातबाट सदस्यता लिई एमालेमा प्रवेश गर्ने बताएका छन् ।
२०७८ चैत्र १४ गते सोमवारका दिन कपिलवस्तुको सदरमुकाम तौलिहवामा नेकपा (एमाले)को राष्ट्रिय तथा पूर्व प्रधानमन्त्री के.पी. शर्मा ओली वृहत जनसभा लाई सम्बोधन तथा पार्टी प्रवेश गर्ने कार्यक्रममा शाह औपचारिक रूपमा हजारौँ व्यक्तिका साथ नेकपा एमाले मा प्रवेश गर्न एक उच्च स्रोतले बताएको छ ।
कुनाल प्रताप शाहका हजुरबुबा डा. रूद्र प्रताप शाह नेपाली कांग्रेसको संस्थापक सदस्य बनारसमा नेपाली कांग्रेसको गठन हुदाँ देखि नै करिब सात दशक देखि निरन्तर रूपमा पार्टी प्रति समर्पित भै कपिलवस्तुमा नेपाली कांग्रेसको स्तम्भका रूपमा चिनिएका छन् ।
उनका हजुरबुबा पूर्व प्रधानमन्त्री स्वर्गीय विशेस्वर प्रसाद कोइराला, पूर्व प्रधानमन्त्री स्वर्गीय कृष्ण प्रसाद भट्टराई, पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजा प्रसाद कोइराला, पूर्व प्रधानमन्त्री स्वर्गीय शुसील कोइराला लगायतका साथमा नेपाली कांग्रेसको राजनीति गर्दै डा. रूद्र प्रताप शाह प्रजातान्त्रिक पन्चायती कालमा राज परिषद सदस्य समेत रहेका र यस क्षेत्रका नेपाली कांग्रेसका प्रतिनिधि हरूलाई विजयी बनाउन समेत उनको भूमिका अविस्मरणिय स्थानीय जानकर हरू बनाउछन् । साथै कुनाल प्रताप शाहका बुबा राकेश प्रताप शाह ( गुड्डू भैया) नेपाली कांग्रेस पार्टीको सक्रिय सदस्यका रूपमा योगदान दिदै आएका छन् । कपिलवस्तु क्षेत्र नं ३ नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि समेत रहेका कुनाल प्रताप शाह र उहाँको बुवा, हजुरबुबा ले कांग्रेस पार्टी छोड्ने निर्णयले पार्टी लाई धक्का पुग्ने उहाँका समर्थक हरूले बताएका छन् ।
कुनाल प्रताप शाह बर्षौ देखि जनताका बिचमा पुगि जनताको शुख दुखमा साथ दिदै आएका जनताले पटक पटक मेयर पदको उम्मेदवार हुन दबाव दिदां उहाँ जनताको भावनानुसार नै आफू मेयर पदमा उम्मेदवार हुने बताए ।
उहाँ केही समय पहिला नेकपा एमाले का राष्ट्रिय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री के.पी. शर्मा ओली सँग भेटघाट गर्दा ओलीको बिचार बाट प्रेरित भै नेकपा एमाले प्रवेश गर्न लागेको बताए ।
शिवराज नगरपालिका वडा नं ६ मा रहेको त्रिभुवन आदर्श माध्यमिक विद्यालय पिपरीको विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदमा निर्विरोध चयन भएका शाहा सामाजिक रूपमा जनताको मन जित्न सफल रहेको शिक्षा प्रेमी हरूको बुझाई रहेको छ । शिक्षा, सामाजिक, आर्थिक, स्वास्थ्य लगायत अन्य क्षेत्रमा समेत उहाँको परिवारले दिएको योगदान सराहनीय रहेको देखिन्छ ।


खबर सबै
-
गुल्मीको मुसिकोटमा पहिरोले घरमा क्षति, परिवार सुरक्षित स्थानमा सारियो
-
आइतबारसम्म भारी वर्षाको सम्भावना, अनावश्यक यात्रा नगर्न विभागको आग्रह
-
लुम्बिनी प्रदेशको कपिलवस्तु सहित पश्चिमका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
-
बाढीले डुबायो सुस्ता, ४०० सुस्तावासी होल्डिङ सेन्टरमा स्थानान्तरण
-
अझै २४ घण्टा भारी वर्षाको सम्भावना : मौसमविद्
-
स्वदेश फर्कंदै प्रधानमन्त्री बालेन
-
बाढीले डुबायो सुस्ता, ४०० सुस्तावासी होल्डिङ सेन्टरमा स्थानान्तरण
-
अझै २४ घण्टा भारी वर्षाको सम्भावना : मौसमविद्
-
स्वदेश फर्कंदै प्रधानमन्त्री बालेन
-
रुपन्देहीमा उत्पादित ‘साई कृपा गोल्ड चिया’ उपयोग गर्न अयोग्य, बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन
-
अविरल वर्षाले लुम्बिनी प्रदेशका नौ स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध, एक स्थानमा एकतर्फी यातायात सञ्चालन
-
टी-२० वरियतामा नेपालको दुई स्थान सुधार







प्रतिक्रिया