

पाँच वर्षको तलब विद्यालयलाई



बझाङ — बझाङको जयपृथ्वी नगरपालिका–१० का वडाअध्यक्ष दलबहादुर विष्ट (कृष्ण) ले आफ्नो कार्यकालमा पाएको तलब सुविधा विद्यालयलाई दिएका छन् । उनले पाँचवर्षे कार्यकालमा पाएको तलबभत्तासहितको १५ लाख रुपैयाँ सत्यवादी माध्यमिक विद्यालयलाई दिएका हुन् । उनी कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।
![]()
‘मैले राजनीतिलाई सेवा गर्ने अवसरका रूपमा लिएको छु । पैसा कमाउनेभन्दा पनि जनताको सेवा गर्ने अवसर पाएँ, यो मेरा लागि सन्तुष्टिको विषय हो,’ उनले भने, ‘मलाई परिवार चलाउने मेरो व्यवसायबाट पुगेकै छ । पढाइ खर्चकै अभावले कसैले शिक्षाको उज्यालोबाट वञ्चित हुन नपरोस् भनेर सबै रकम विद्यालयलाइ दिएको हुँ ।’
आफ्नो पाँचवर्षे कार्यकालमा राज्यबाट प्राप्त तलब भत्ता १३ लाखमा २ लाख थप गरेर विद्यालयलाई रकम दिएको उनले बताए । विद्यालयलाई रकम दिएर वडाध्यक्ष विष्टले ठूलो गुन लगाएको प्रधानाध्यापक रामदत्त उपाध्यायले बताए ।
वडाध्यक्षले दिएको रकमको सदुपयोग गर्ने बताउँदै उनले भने, ‘उहाँले विद्यालयलाई दिएको रकमले गरिब र जेहेनदार विद्यार्थीको शिक्षामा ठूलो सहयोग पुग्नेछ,’ उनले भने, ‘राजनीति कमाउने पेसा होइन, सेवा हो भन्ने उदाहरण उहाँले प्रस्तुत गर्नुभएको छ ।’ विष्टले दिएको रकम विद्यालयको अक्षयकोषमा राखिने र त्यसवाट आएको ब्याजले विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने उनले बताए ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया