
दर्शकमाझ रिलिज हुनु अगावै ‘आरआरआर’ले कमायो ७५० करोड ?

काठमाडौं । ‘बाहुबली द बिगिनिङ’ पछि निर्देशक एसएस राजामौलीले ‘बाहुबली–२’ मार्फत आफ्नो रेकर्ड आफैले रेकर्ड तोडेका थिए । साउथका सुपरस्टार प्रभाष स्टारर् उक्त दुवै फिल्मले बक्स अफिसमा उत्कृष्ट ब्यापार गरेका थिए ।
यसैबीच एसएस राजामौलीले आफ्नो रेकर्ड पुनः आफैले तोडेका छन् । एसएस राजामौलीको यो वर्षको सबैभन्दा ठूलो फिल्म मानिएको ‘आरआरआर’ले दर्शकमाझ रिलिज हुनु अगावै ७५० करोड भारु कमाएर ‘बाहुबली–२’लाई पछि पारिसकेको छ ।
साउथका चर्चित अभिनेताद्वय राम चरण र जुनियर एनटीआर स्टारर् ‘आरआरआर’ गत वर्षदेखिनै पिपुल वाचलिस्टमा परेको थियो । यो फिल्ममा अभिनेत्री आलिया भट्ट र अजय देवगनको पनि विशेष भूमिका रहेको छ । यो फिल्मलाई लिएर दर्शकहरु निकै उत्साहित छन् ।
दर्शकहरुका लागि टिकटको समस्या नहोस् भन्ने उदेश्यका साथ निर्माण पक्षले यही मार्च २२ बाट ‘आरआरआर’को ‘प्रि–बूकिङ’ सुरु गरेको थियो । मिडिया रिपोर्टका अनुसार ‘आरआरआर’ले प्रि–बूकिङ र राइट्समार्फत् ७५० करोड कलेक्शन गरिसकेको छ ।
आन्ध्र बक्स अफिसका अनुसार ‘आरआरआर’को प्रि–रिलिज थिएटरिकल व्यापारले सबै भाषाबाट ५२० करोड रुपैयाँ कलेक्शन गरेको छ । सोही अवधिमा पेन इन्डियाले उत्तर भारतका सबै भाषाहरूमा यस फिल्मको वितरण, डिजिटल र स्याटेलाइट अधिकारहरू खरिद गरेको छ ।
फिल्मले उत्तर भारतका थिएटरमा रिलिज गर्नका लागि १५० करोड र अन्य सबै भाषाहरूको थिएटरमा रिलिजका लागि २५० करोड कलेक्शन गरेको छ । उक्त जानकारी अनुसार कुल मिलाएर हेर्दा यो फिल्मको कमाई ७५० बाट ८०० करोड पुगेको छ । ‘आरआरआर’ मार्च २५ अर्थात् आजबाट दर्शकमाझ रिलिजमा आएको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया