

स्थानीय तह चुनाव : २ करोड थान मतपत्र छापिने, जनक शिक्षासँग छलफल हुँदै



काठमाण्डौ
निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि दुई करोड थान मतपत्र छपाइ गर्ने भएको छ । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले मतदाता नामावलीमा सूचीकृत भएका झन्डै एक करोड ७७ लाख मतदाताका लागि यो सङ्ख्यामा मतपत्र छपाइ गरिने जानकारी दिनुभयो ।
‘आयोगले यही चैत १३ गते अन्तिम मतदाता नामावली प्रकाशन गरेपछि मतपत्रको छपाइ सुरु हुन्छ, मतदाता सङ्ख्याको झन्डै १० देखि १५ प्रतिशत थप मतपत्र छाप्नुपर्छ’, नियमित्र पत्रकार सम्मेलन अन्तर्गत आज बिहीवार उहाँले भन्नुभयो, ‘विभिन्न जोखिमलाई ध्यान दिएर मतदाताको सङ्ख्याभन्दा बढी मतपत्र छाप्नुपर्ने अवस्था देखिएको हो । आयोगले झन्डै दुई करोड थान मतपत्र छाप्नुपर्ने आँकलन गरेको छ ।’ मतपत्र छपाइका लागि जनक शिक्षा सामग्री केन्द्रसँग छलफल भइरहेको आयोगले जनाएको छ ।
आयोगले दर्ता भएका दलमध्ये राष्ट्रिय मान्यता प्राप्त बाहेकका ७३ राजनीतिक दलले पेस गरेका आ–आफ्नो जिल्लास्तरको सङ्गठन संरचना (जिल्ला समिति) को विवरण छानबिनको काम भइरहेको जनाएको छ । आयोगले राष्ट्रिय मान्यता प्राप्त बाहेकका दललाई यही चैत ६ गतेसम्म स्थानीय तह निर्वाचन प्रयोजनका लागि सङ्गठन संरचना पेस गर्न अनुरोध गरेको थियो ।
यस्तै निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि सरोकारवालासँगको अन्तरक्रिया हिजो बुधवारदेखि देशभर सुरु भएको आयोगले जनाएको छ ।


खबर सबै
-
गुल्मीको मुसिकोटमा पहिरोले घरमा क्षति, परिवार सुरक्षित स्थानमा सारियो
-
आइतबारसम्म भारी वर्षाको सम्भावना, अनावश्यक यात्रा नगर्न विभागको आग्रह
-
लुम्बिनी प्रदेशको कपिलवस्तु सहित पश्चिमका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
-
बाढीले डुबायो सुस्ता, ४०० सुस्तावासी होल्डिङ सेन्टरमा स्थानान्तरण
-
अझै २४ घण्टा भारी वर्षाको सम्भावना : मौसमविद्
-
स्वदेश फर्कंदै प्रधानमन्त्री बालेन
-
बाढीले डुबायो सुस्ता, ४०० सुस्तावासी होल्डिङ सेन्टरमा स्थानान्तरण
-
अझै २४ घण्टा भारी वर्षाको सम्भावना : मौसमविद्
-
स्वदेश फर्कंदै प्रधानमन्त्री बालेन
-
रुपन्देहीमा उत्पादित ‘साई कृपा गोल्ड चिया’ उपयोग गर्न अयोग्य, बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन
-
अविरल वर्षाले लुम्बिनी प्रदेशका नौ स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध, एक स्थानमा एकतर्फी यातायात सञ्चालन
-
टी-२० वरियतामा नेपालको दुई स्थान सुधार







प्रतिक्रिया