कपिलवस्तुबाट गृहमन्त्री खाँणले भने,शान्ति सुरक्षाको लागि सशस्त्र प्रहरी अब्बल छ

चन्द्रौटा ।

देशको शान्ति सुरक्षाको लागि सशस्त्र प्रहरी अब्बल रहेको र कोभिडको समयमा सशस्त्र प्रहरीले गरेको काम उल्लेखनिय रहेको नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन् ।

कपिलवस्तुको चन्द्रौटामा बुधबार सशस्त्र प्रहरी बल बाहिनी नम्बर ५ बिन्ध्यवासिनीको मुख्यालयको उद्घाटन गर्दै गृहमन्त्री खाँणले स्थानीय निर्वाचन शान्तिपूर्ण, स्वतन्त्र र निष्पक्ष तरिकाले सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए । नागरिकको आफूले उपयुक्त ठानेका प्रतिनिधि छान्ने अधिकार प्रत्याभूत गराउनका लागि आवधिक निर्वाचन बेलैमा गर्न सरकार प्रतिबद्ध रहेको पनि उनको भनाइ थियो ।
मुलुकको विकासमा हातेमालो गर्दै अगाडि बढ्न र स्थानीय निर्वाचनमा सबै राजनीतिक दल सहभागी हुन आवश्यक रहेको बताएका हुन् ।
स्थानीय तहको निर्वाचनमा सबै राजनीतिक दलहरूलाई भाग लिन गृहमन्त्री बालकृष्ण खाँणले आग्रह गरेका छन् । वैशाख ३० गतेका लागि घोषणा गरिएको स्थानीय तहको निर्वाचनमा सबै राजनीतिक दलहरूले सहभागी हुन आवश्यक रहेको गृहमन्त्रीले बताए ।
खाणले सशस्त्र प्रहरीमा लामो समय देखी रोकिएको बढुवा व्यवस्थापनको लागि सरकारले तयारी गरेको बताउदै सशस्त्र प्रहरीको अवकाश पछि पनि आत्म निर्भर बनाउनका लागि सरकारले योजना ल्याउने तयारी गरेको जिकिर गरे ।

एमसिसि राष्ट्रको हितमा रहेको भन्दै सेना आउने कुरामा कुनै सत्यता नरहेको उनको दावी रहेको थियो । एमसिसिको नाममा सडक आन्दोलन भएको र त्यो आन्दोलनमा शसस्त्र प्रहरीले देशलाई शान्ति व्यवस्था कायम राख्न सफल भएको भन्दै उनले स्थानीय तहको निर्वाचन नजिकिदै गएकोले निर्वाचनलाई सभ्य रुपमा सम्पन्न गर्न भएकोले यसमा सुरक्षाकर्मीको भूमिका उल्लेखनीय हुने बताए ।

कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले राष्ट्र राष्ट्रिय अखण्डताको रक्षा गर्न सशस्त्र प्रहरी सधै तत्पर रहेको भन्दै सीमा क्षेत्रमा शान्ति सुरक्षाको विश्वसनीय वातावरण बनाउनु थप बोर्डर आउट पोष्ट स्थापना गर्नु पर्ने बताएका थिए । उनले लुम्बिनी प्रदेशमा ४१ विओपि स्थापना भई सकेको र चालु आर्थिक वर्षमा १७ थप गरिने तयारी भएको बताएका हुन् ।

प्रतिक्रिया

खबर सबै