राप्रपा कपिलवस्तुका युवा नेता खेमराज पौडेल एमाले प्रवेश गर्दै

ई–साझाकुरा, कपिलवस्तुु ।
राप्रपा केन्द्रीय युवा नेता तथा नेपाल स्वयंसेवक संघका केन्द्रीय अध्यक्ष खेमराज पौडेल नेकपा एमाले प्रवेश गर्ने भएका छन् ।
चुनावको मुखमा आएर उनले राप्रपा परित्याग गर्दै एमालेमा प्रवेश गर्न लागेका हुन ।

आफूसँगै एमाले प्रवेश कार्यक्रममा ८ हजार भन्दा बढी नेता कार्यकर्ता प्रवेश गराउँने कार्यक्रम रहेको समेत उनले बताए । नेकपा एमालेले गरेका राम्रो काम र अध्यक्ष केपी शर्मा ओलीले देशको लागि गरेको कामले आफुले एमाले रोज्ने निर्णय गरेको उनको भनाई छ ।
उक्त कार्यक्रमका लागि नेकपा एमालेका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा ओली चैत्र १४ गते कपिलवस्तुमा आउने कार्यक्रम छ । नेता पौडेल सोही कार्यमबाट एमालेमा प्रवेशको तयारी गरेका छन् ।

पौडेल सँगै राप्रपा कपिलवस्तुका अन्य नेताहरु सहित विभिन्न दलका नेता तथा कार्यक्रताहरु एमालेमा प्रवेशको तयारी गरेका छन् ।

अध्यक्ष ओली कपिलवस्तु आउने भएपछि पार्टी प्रवेश कार्यक्रमलाई व्यवस्थित तुल्याउन एमाले कपिलवस्तुको जिल्ला कमिटी बैठक बुद्धभूमिमा बसेको थियो । बैठकले उक्त पार्टी प्रवेश तथा कपिलवस्तुको चुनावी सभामा ३० हजार बढी जनसहभागिता जुटाउने योजना बनाएको छ ।

प्रतिक्रिया

खबर सबै