
जानिराख्नुस्, क्यूआर कोडको छेउमा किन हुन्छ ३ वटा कोठा ?

काठमाडौं । अहिले डिजिटल भुक्तानीका विभिन्न माध्यमध्ये क्यूआर कोड स्क्यानबाट गरिने भुक्तानी पनि एक हो । भुक्तानीमा मात्र यसको प्रयोग हुँदैन, विभिन्न कुराको जानकारी पाउन पनि हामीले क्यूआर कोड स्क्यान गर्न सक्छौं ।
के तपाईंलाई थाहा छ, क्यूआर कोडको छेउमा किन तीनवटा वर्गाकार समावेश हुन्छ ? आज हामी यसै विषयमा जानकारी दिन्छौं ।
सन् १९९४ मा जापानको डेन्सो वेभ कम्पनीले क्यूआर कोड विकास गरेको थियो । क्यूआर कोड अर्थात क्विक रेस्पोन्स कोड आजका दिनमा सबैजसो ठाउँमा प्रयोग भइरहेको पाइन्छ । उनीहरूलाई गाडी निर्माण गर्दा त्यसका पाटपुर्जाहरू सही तरिकाले ट्र्याक गर्न एउटा सिस्टम आवश्यक परेको थियो ।
त्यही सिस्टमको खोजीमा लागिपरेको जापानी टिमले एक किसिमको कोड तयार पार्यो, जसले कान्जी, काना र अल्फआन्यूमेरिक वर्णहरू इन्कोड गर्न सक्थ्यो ।
हाल प्रयोगमा आएको क्यूआर कोडले वेबसाइट यूआरएल, फोन नम्बर, वाई-फाई पासवर्ड वा चार हजार वर्णजस्ता तमाम कुरा समावेश गर्न सक्छ । त्यस्तै यसका धेरै विशेषता छन् ।
क्यूआर कोड हामीले डिकोड गर्न सक्दैनौं । हामीले त्यसलाई ध्यान दिएर भने जरुर हेरेका हुन सक्छौँ । क्यूआर कोड एक वर्गाकार (स्क्वायर) मा हुन्छ । त्यस वर्गाकारको तीनवटा छेउमा एउटा-एउटा कोठा हुन्छन् । यी कोठा पनि वर्गाकारमा हुन्छन् ।
ती कोठाको अर्थ के हुन्छ होला ? वा ती कोठा त्यसमा किन समावेश गरिएको हुन्छ होला ?
क्यूआर कोडको विकास हुनुपूर्व टुडी बार कोड प्रयोगमा आइरहेका थिए । ती बार कोडको बीचमा एउटा मात्र स्क्वायर समावेश हुन्थ्यो, जसले बारकोडको सही दिशानिर्देश गर्थ्यो ।
तर, ती टुडी बारकोडले गर्दा डिभाइसले छिटो डिकोड गर्न नसक्ने वा बार कोड खराब भएको अवस्थामा डिभाइसले एरर देखाउने जस्ता समस्या देखिन थाले । त्यसको विकल्पमा विकास भएको क्यूआर कोड निकै सुरक्षित र भरपर्दो मानिन्छ ।
वास्तवमा ती तीन वर्गाकारले सो क्यूआर कोडको सही स्थानबारे स्क्यानिङलाई जानकारी दिन्छन् । जसले गर्दा स्क्यानरले केही सेकेन्डमा नै क्यूआर कोड डिकोड गर्छ ।
त्यस्तै त्यही वर्गाकारभित्र एउटा सानो वर्गाकार पनि हुन्छ । त्यसले गर्दा स्याक्यानरले क्यूआर कोडको सिधा वा बाङ्गो भएको पत्ता लगाउँछ । कोडमा समावेश अन्य सङ्केतले भने सबै सूचना इनकोड गरेर राखेका हुन्छन् । #टेकपाना


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया