

कुन एपले कति ब्याट्री खपत गरेको छ ? अब यसरी थाहा पाउनुस्



काठमाडौं । एन्ड्रोइडको १३औं संस्करण सार्वजनिक हुने क्रममा छ । यसैबीच एन्ड्रोइड १३ का विभिन्न फिचरबारे सूचना बाहिरिरहेका छन् ।
एन्ड्रोइड १३ मा आउने विभिन्न फिचरमध्ये एक हो, ब्याकग्राउन्डमा कुन एपले कति ब्याट्री खपत भइरहेको छ थाहा दिने फिचर ।
एन्ड्रोइड १३ को अपडेटसँगै अब एन्ड्रोइड प्रयोगकर्ताले ब्याकग्राउन्डमा कुन एपले धेरै ब्याट्री खपत गरिरहेको छ भनेर थाहा पाउन सकिने भएको छ ।
ब्याट्री खपतलाई रोक्न तथा यस विषयमा थप जानकारी प्राप्त गर्न एन्ड्रोइड १३ मा विभिन्न फिचरहरू थपिँदैछ ।
यसमा एपको ब्याट्री खपतमा सीमितता राख्ने, ब्याकग्राउन्डमा प्रयोग भएको धेरै ब्याट्री खपतको विषयमा नोटिफिकेसन दिने लगायतका फिचर हुनेछन् ।
यसको बेटा भर्सन अप्रिलमा सार्वजनिक भएर फूल भर्सन सेप्टेम्बर अथवा अक्टोबरमा सार्वजनिक हुने अनुमान गरिएको छ ।
#टेकपाना


खबर सबै
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक






प्रतिक्रिया