

सबै वडा जोड्नेगरी गुल्मीमा खोलियो मालिका रिङरोड



गुल्मी ।
गुल्मीको मालिका गाउँपालिकाले झण्डै ४ करोड लागतमा सबैै वडाहरू जोड्न रिङरोडको ट्रयाक खोल्ने कार्य सम्पन्न गरेको छ । जिल्लाको मालिका गाउँपालिका भित्रका आठ वटै वडा जोड्नका लागि ३ करोड ८३ लाख लाखमा मालिका रिङरोड निर्माण गरिएको हो ।
गाउँपालिकाको केन्द्र अर्खबाङ्गबाट तिरतिरे–सिमलटारी–अर्जै–बोम–नेटा–लिलिङ–भिमगिठे–पाटाखर्क–दर्लिङ्ग–गंगरे हुदै गाउँपालिकाको केन्द्र अर्खबाङ्गसम्म सडकखण्ड बिस्तार भएको गाउँपालिकाका प्रवक्ता तथा वडा नम्वर ६ का वडाध्यक्ष शोभाखर गिरीले बताए । उनका अनुसार मालिका रिङरोड अन्तर्गत ७७।२ किलोमिटर सडक बिस्तार गरिएको छ ।
स्थानीय तहमा जनप्रतिनिधिहरु निर्वाचित भएपछि गाउँपालिकाले मालिका रङरोड निर्माणको काम सुरु गरेको थियो । रिङरोडको सोमबार लुम्बिनी प्रदेश सभा सदस्य कमलराज श्रेष्ठले उद्घाटन गरेका छन् । “स्थानीय तहको संरचनापछि विकट गाउँहरु पनि सुगम बन्दै गएका छन् ।” रिङरोडको उद्घाटन गर्दै श्रेष्ठले भने, “सबै वडाहरू सडकसँग सहज रुपमा जोड्न सक्नु स्थानीय तहको मुख्य उपलब्धि हो ।” स्थानीय तहहरुले थुप्रै विकास निर्माणका कामहरु गरेको उनले बताए ।
आफूहरु निर्वाचित भएपछि थुप्रै चुनावी बाचा पूरा गरेको गाउँपालिकाका अध्यक्ष रीत बहादुर थापाले भनाइ छ । चुनावी घोषणा अनुसार मालिका रिङरोडका लागि ट्रयाक खोल्ने काम भएको उनले बताए । अब विस्तारै रिङरोड अन्तर्गतको सडकमा स्तरोन्नति र कालोपत्रे गर्ने काम हुने गाउँपालिकाले जनाएको छ । कूल ८ वटा वडा रहेको मालिका गाउँपालिका केन्द्र ठुला चारै सम्म सबै वडाको सहज पहुँच पुगेको छ ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया