चुनावी गठबन्धनको पक्षमा छौं : राजमो उपाध्यक्ष पौडेल

बुटवल । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा सभासद दुर्गा पौडेलले प्रतिगमनको खतरा कामयै रहेकाले स्थानीय निर्वाचनमा चुनावी तालमेललाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।
राष्ट्रिय जनमोर्चा बुटवल उपमहानगरपालिकाको नगर भेलालाई सम्बोधन गर्दै उहाँले पाँच दलीय गठबन्धनमा आफ्नो पार्टी नरहेको अवस्थामा पनि प्रतिगमनको खतरा रोक्न चुनावी गठबन्धनलाई खुल्ला राखेको बताउनुभयो ।
उहाँले राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षतालाई खारेज गर्ने उद्देश्यले भइरहेका प्रतिगमनकारी शक्तिलाई परास्त गर्दै संविधानको रक्षा गर्नु अहिलेको प्रमुख राजनीतिक मुद्दा बन्नु पर्ने जोड दिनुभयो ।

प्रतिक्रिया

खबर सबै