

कागज किन्ने पैसा नभएपछि विद्यार्थीको वार्षिक परीक्षा स्थगित



एजेन्सी । श्रीलङ्कामा कागज किन्ने पैसा नभएकोले विद्यालय तहको वार्षिक परीक्षा अनिश्चित कालका लागि स्थगित भएको छ । परीक्षा सञ्चालनको लागि आवश्यक पर्ने कागज खरिद गर्न सरकारसँग पर्याप्त डलर नभएकोले झण्डै ४५ लाख जना विद्यार्थी सहभागी हुने विद्यालय तहको वार्षिक परीक्षा स्थगित गरिएको श्रीलङ्काका शिक्षा अधिकारीहरुलाई उदृत गर्दै अल जजिराले जनाएको छ ।
परीक्षा आउँदो सोमबारदेखि हुने तय भएको थियो । यो परीक्षा विद्यार्थीलाई माथिल्लो कक्षामा बढुवा अर्थात स्तरोन्नती गर्ने वा नगर्ने भन्ने निरन्तर मूल्यांकन प्रक्रियाको एउटा अंश हो । श्रीलङ्काले सन् १९४८ मा स्वतन्त्र भएयताकै सबैभन्दा खराब आर्थिक संकट भोगिरहेको छ । विदेशी मुद्रा सञ्चितीको अभावले श्रीलङ्कामा खाद्यान्न, इन्धन र औषधिको समेत अभाव भैरहेको छ ।
सरकारले बिजुली बन्द गर्ने र दूधको धुलो, चिनी, दाल र चामलमा कोटाको व्यवस्था गरेपछि देशभर पसलहरुमा लामो लाइन लागेको छ । श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजपाक्षले बुधबार आर्थिक संकट र वैदेशिक ऋणबारे छलफलका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ० लाई अनुरोध गर्नुभएको थियो । आईएमएफले राजापाक्षको अनुरोधमाथि छलफल गरिरहेको बताएको छ । वैदेशिक ऋणको जालोमा फसेको श्रीलङ्कामा कोरोना महामारीको कारण चरम आर्थिक सङ्कट देखा परेको हो ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया