

भैरहवामा जारी रुपन्देही सुपर लिगको सुपर फोरमा लुम्बिनी खुकुरी विजयी

बुटवल ।
भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिगमा शनिबार भएको सुपर फोरको पहिलो खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लबले मेलवर्न क्रिकेट क्लब ९एमसीसी०लाई ९१ रनले पराजित गर्दै जित निकालेको छ ।
सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको लुम्बिनी खुकुरीले निर्धारित ५० ओभरको खेलमा ४४।१ ओभरमा सबै विकेटको नोक्सानीमा १ सय ५३ रनको योगफल बनायो । उसका लागि शंकर रानाले ५७, दुर्गेश गुप्ताले १९ र धिरज शाहीले १६ रन जोडे । बलिङमा मेलवर्नका रोशनलाल गुप्ताले ४, रमेश कुर्मी, सन्तोष यादव र सविन शाक्यले समान २–२ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको मेलवर्न २४ ओभरमा सबै विकेट गुमाउँदै ६२ रनमै समेटियो । उसका लागि रोशनलाल गुप्ताले २८ र सुशान्त थापाले १२ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् । उसलाई सस्तैमा रोक्न बलिङमा लुम्बिनी खुकुरीका दुर्गेश गुप्ताले ४, अजयकुमार चौहानले ३ र लालबहादुर अधिकारीले २ विकेट लिए । दुर्गेश गुप्ता म्यान अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरेको आयोजक संस्था रुपन्देही क्रिकेट संघका सचिव संजय गुरुङले बताए ।
चैत १२ गतेसम्म सञ्चालन हुने लिगको विजेतालले ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार ट्रफी र प्रमाणपत्र, बेष्ट ब्याट्सम्यान, वेस्ट बलर र उदयीमान खेलाडीलाई ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने संघले जनाएको छ ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया