

माैसमी रोगको जोखिम बढ्यो



काठमाण्डौँ
नेपालमा कोरोना संक्रमण घटेसँगै मास्क लगाउन छोड्ने, जहाँ पायो त्यही जमघट भई खाने बानी बढ्दै गएकोमा सरुवा रोग विशेषज्ञले चिन्ता व्यक्त गरेका छन् । चैतदेखि मौसम परिवर्तन भई गर्मी बढ्ने र यो मौसममा विभिन्न सरुवा रोग लाग्ने हुनाले सफाइमा ध्यान दिन चिकित्सकले सुझाएका छन्।
दुई वर्षसम्म कोभिडले गर्दा बाहिर खुलेर हिँड्न नपाएका कारण अहिले स्वास्थ्य मापदण्डको बेवास्ता गरी हिँड्ने, जमघट हुने र सडक किनारमा राखिएका खाना खाने गतिविधि पर्याप्त देखिन थालेको डा. शेरबहादुर पुन बताउँछन् । तर यस्ता खाना दूषित हुने सम्भावना भएकाले यिनको सेवनबाट झाडापखाला, आउँजस्ता सरुवा रोगको जोखिम हुने उनको भनाइ छ। ‘कोभिड घटेपछि धेरै मानिसहरू बाहिर निस्केर खाने, सडकका खानेकुरा खाने गरेको देखिन्छ। यो मौसममा यसरी खाना खाँदा झाडापखाला र आउँ लाग्छ’, उनले भने।
पिउने पानी सफा नभएमा मौसमी रोगको जोखिम बढ्ने डा. पुनले बताए। राजधानी तथा अन्य सहरमा सफा पानीको नाममा जारको पानी पिउने तर जारकै पानी असुरक्षित हुने गरेको र कतिपय समुदायमा अहिले पनि उमालेको पानी पिउने प्रचलन नरहेकाले पानीबाट सर्ने रोगको संक्रमण हुने जोखिम पर्याप्त रहेको चिकित्सक औंल्याउँछन्। आजको नागरिक दैनिकमा समाचार छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया