

त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल विजयी


काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग डिभिजन टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल विजयी भएको छ । बुधबार भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई २ विकेटले हराएको हो ।
यूएईको सारजाहमा पपुवा न्युगिनीले दिएको दिएको २ सय ५ रनको लक्ष्य नेपालले ४९ ओभर २ बलमा ८ विकेट गुमाएर भेट्टायो । नेपालको जितमा रोहित पौडेल र आरिफ शेखले महत्वपूर्ण शतकीय साझेदारी गर्दै नेपालको जितको आधार बनाएका थिए । रोहितले ५८ रन बनाउँदा आरिफले ५३ रनको योगदान दिएका हुन् ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ४ रन बनाएको थियो । अब नेपालले दोस्रो खेलमा घरेलु टोली युएईसँग शुक्रबार खेल्नेछ ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया