पीएनजीविरुद्ध रोहितको अर्धशतक

काठमाडौं

विश्वकप क्रिकेट लिग टू अन्तर्गतको त्रिकोणात्मक श्रृङ्खलामा पपुवा न्युगिनी –पीएनजी)विरुद्ध मध्यक्रमका ब्याट्सम्यान रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरेका छन् ।

२०५ रनको लक्ष्य पछ्याएको नेपालले कमजोर सुरुवात गरे पनि रोहित र आरिफ शेखले पाँचौं विकेटका लागि अर्धशतकीय साझेदारी गर्दै पारी उकासेका छन् ।

९.२ ओभरमा दीपेन्द्र सिंह ऐरी आउट भएपछि क्रिजमा आएका रोहितले ३२औं ओभरमा अर्धशतक पूरा गरेका हुन् । एकदिवशीय अन्तर्राष्ट्रियमा उनको यो दोस्रो अर्धशतक हो । रोहितले यसअघि लिग टू अन्तर्गत गत सेप्टेम्बरमा ओमानमा भएको त्रिकोणात्मक श्रृङ्खलामा अमेरिकाविरुद्ध अविजित ६२ रनको योगदान गरेका थिए ।

३२ ओभरको समाप्तिमा नेपालले ४ विकेट गुमाएर ११९ रन बनाएको छ । शीर्ष क्रमका ब्याटरहरु कुशल भुर्तेल (१), ज्ञानेन्द्र मल्ल (४), दीपेन्द्र सिंह ऐरी (८) र आसिफ शेख (१६) आउट हुँदा नेपाल १५ ओभरमा ४२–४ को स्थितिमा पुगेको थियो ।

प्रतिक्रिया

खबर सबै