

लालपुर्जा बाँड्न सहरी विकासमन्त्री झाँक्री र भूमि व्यवस्थामन्त्री शशी श्रेष्ठबीच होडबाजी



नवलपरासीको बर्दघाट–९ (साबिकको पञ्चनगर गाविस) मा बसोवास गर्दै आएका १ सय ६५ भूमिहीन परिवारलाई सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको हातबाट गत माघ २७ गते लालपुर्जा बाँड्ने कार्यक्रम तय गरिएको थियो।
राष्ट्रिय आवास कम्पनीले आयोजना गरेको उक्त कार्यक्रममा विभागीय मन्त्रीको हैसियतबाट झाँक्रीलाई प्रमुख अतिथि बनाइएको थियो। काठमाडौंबाट लालपुर्जा बाँड्न जाने मन्त्री र उनका निजी सचिव, स्वकीय सचिव तथा मन्त्रालयका उच्च कर्मचारीका लागि टिकटको व्यवस्था पनि भइसकेको थियो।
२८ गते बिहानै मन्त्री झाँक्री नेतृत्वको टोली नवलपरासी जाने कार्यक्रम थियो। अकस्मात् अघिल्लो दिन दिउँसो नापी कार्यालय नवलपरासीले लालपुर्जा नै तयार नभएको जानकारी गरायो। नापीले लालपुर्जा नबनाएपछि मन्त्रीको कार्यक्रम स्थगित भयो।
भूमि व्यवस्था मन्त्रालयमातहत रहेको नापी कार्यालयले मन्त्रालयकै निर्देशनमा लालपुर्जा नबनाएको आरोप लागेको छ। मन्त्रालयको निर्देशनपछि लालपुर्जा वितरणको काम रोकिएको स्रोतले बतायो। यसबाट भूमिहीनलाई लालपुर्जा बाँड्न सहरी विकासमन्त्री झाँक्री र भूमि व्यवस्थामन्त्री शशी श्रेष्ठबीच होडबाजी चलेको देखिएको छ। यो विवाद अझै सल्टिएको छैन।
‘लालपुर्जा बाँड्ने काम भूमि व्यवस्था मन्त्रालयको हो भन्ने भूमि व्यवस्थामन्त्रीज्यूको बुझाइ रह्यो,’ भूमि व्यवस्था मन्त्रालयका एक उपसचिवले भने, ‘यसमा सहरी विकास मन्त्रालयले आफ्नो अधिकारक्षेत्र नाघेको उहाँको दाबी छ।’ यो समाचार आजको नागरिक दैनिकमा छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया