

एमाले र राजाबादीसँग चुनावी तालमेल हुदैन : मोहन विक्रम सिंह



जितपुर ।
नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले एम.सी.सी. नेपालको राष्ट्रियता, सार्वभौमिकता, असंलग्न परराष्ट्र नीति, राष्ट्रिय स्वाभिमान र बृहत्तर राष्ट्रिय हितहरूका विरुद्ध भएकोले पार्टी यसका विरुद्ध संघर्षमा उभिएको बताएका छन् ।
राष्ट्रिय जनमोर्चा जिल्ला समिति कपिलवस्तुको जिल्ला स्तरिय कार्यक्रर्ता भेलालाई सम्बोधन गर्दै नेकपा मसालका महामन्त्री सिंहले राष्ट्रघाती एमसीसी पारित गर्ने दलहरुलाई जनताले आगामी चुनावमा चिन्नुपर्ने भन्दै राष्टको विकासको नाम जोडेर जनतालाई भ्रममा पार्न यस्ता दलहरु अव जनताको घरदैलोमा आउन थालेको बताएका छन् । एमसीसीका पक्षघर दलहरु चुनावमा एजेण्डा नै बनाएर जनतालाई झुक्काएर फेरी मत लिन जनताविच आउन थालेको बताएका हुन् । उनले करिव डेढ घण्टा सम्बोधन गर्दै आगामी चुनावमा प्रतिगमन वाला नेकपा एमाले र राजावादी पार्टीसँग चुनावी तालमेल नगर्ने पार्टीको निर्णय भएको र कतिपय ठाउँमा गठबन्धन र कतिपए ठाउँमा एक्ला एक्लै चुनाव लड्ने अवस्था आउने हुदाँ कार्यक्रताहरुलाई तयार रहन अग्रह समेत गरेका थिए ।
नेकपा मसाल र राजमोले देश र जनताको पक्षमा लगातार संघर्ष गर्दै आएको स्मरण गर्दै पार्टीले लिएको नीति जनतामा पुर्याउन आग्रह समेत गरेका थिए ।
कतिपय अवसरवादी तथा विचौलिया मनोवृत्तिमा रमाउने मानिसहरु स्थिर हुन नसक्ने भन्दै पार्टी भित्र केही स्वार्थ र अवसरको खोजीमा रहने व्यक्तिहरु पार्टी विरुद्ध गाली गलौच गर्दै हिडेको र नसच्यि आफै सकिने बताएका हुन् ।
कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेशका सल्लाहकार सुरेश थापाले राष्ट्रियता भन्दा पद र पैसा ठूलो देख्नेहरु आफैँ सकिएर जाने बताउदै आगामी चुनावको तयारीमा जुट्न कार्यक्रताहरुलाई आग्रह गरेका थिए । उनले जनताले एमसीसी र संघियताको मन नपराएको र हाल जनताले यसलाई बुझिसकेको हुदाँ यसको विपक्षमा रहेको राष्ट्रिय जनमोर्चालाई जनताले मन पराएर मत दिने बताएका थिए साथै उनले यो भेला चुनावी तयारी भेला भएको बताएका छन् । कार्यक्रममा अखिल नेपाल किसान संघका केन्द्रिय उपाध्यक्ष शिव पौडेल, नेकपा मसाल कपिलवस्तुका प्रवक्ता छविलाल गैह्े, अखिल नेपाल टेड युनियन अन्टुकका केन्द्रिय सदस्य केर सिंह अदै लगाएतले मन्यव्य व्यक्त गरेका थिए । कार्यक्रममा जिल्ला भरका अगुवा कार्यक्रर्ताहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा राजमोका केन्द्रीय सदस्य गौरीश्वर पाण्डे भूमी आयोग बागलुका अध्यक्ष धर्म बहादुर कुँवरको को पनि उपस्थित रहेको थियो । कार्यक्रम वडा सदस्य मन कुमारी विकको अध्यक्षतामा सम्पन्न भएको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया