

चिनियाँ ह्याकरले चोरे अमेरिकी सरकारको गोप्य डेटा



काठमाडौं
चिनियाँ सरकारद्वारा समर्थित ह्याकर समूहले अमेरिकाका सरकारी निकायको डेटा चोरी गरेको पाइएको छ । साइबर सुरक्षा कम्पनी म्यान्डियन्टले हालै सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार पछिल्लो १० महिनामा चिनियाँ ह्याकरले ६ वटा अमेरिकी सरकारी निकायको डेटामा पहुँच बनाएका छन् ।
ह्याक हुने सरकारी निकायमा स्वास्थ्य, यातायात, श्रम, शिक्षा, कृषि, अदालतका नेटवर्क सिस्टम रहेका छन् । यो गतिविधिमा चिनियाँ सरकारद्वारा समर्थित ह्याकिङ समूह संलग्न रहेको अमेरिकाको अनुसन्धान निकाय एफबीआई र अमेरिकाको साइबर सेक्युरिटी तथा पूर्वाधार सेक्युरिटी एजेन्सी (सीआईएसए) ले उल्लेख गरेका छन् ।
उल्लेखित सरकारी निकायमध्ये दुई निकायको हकमा सिस्टममा रहेको कमजोरीमार्फत ह्याकरले पहुँच बनाएका हुन् । यो घटना गएको डिसेम्बर महिनामा भएको थियो ।
अन्यको हकमा भने सिस्टममा कसरी पहुँच बनाए भन्ने विषय अझै अध्ययनको क्रममा छ । अध्ययन प्रतिवेदन अनुसार अझ पछिल्ला केही समययता अमेरिकी निकायमाथि साइबर आक्रमण भइरहेको छ ।
रूस र युक्रेनबीच जारी तनावका कारण धेरैको ध्यान त्यसैतर्फ केन्द्रित छ । यस्तोमा चिनियाँ ह्याकरले भने अमेरिकालाई निशाना बनाइरहेका छन् ।


खबर सबै
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक






प्रतिक्रिया